Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ७. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • १०. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

केपी ओली देखाएर भोट माग्दै कृष्णभक्त

चितवन, कात्तिक २५-
बिहीबार अपराह्न ४ बजेतिर भरतपुर महानगरपालिका–२, आँपटारीको मूल सडक आडको गल्लीमा पोलिटिकल र्‍याप घन्कियो ।

‘शहर शहरमा ओली,

झुपडी र महलमा ओली

ठाउँ ठाउँमा ओली‘’

गाडीमा राखिएको स्पिकरले मात्र ‘मंसिर ४, ओली सरकार’ भन्दै र्‍याप घन्काएन । भिडको अघिल्तिर हिँड्दै गरेका नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलसहित एमाले कार्यकर्ताले पनि ओलीको नाम लिँदै भोट मागे ।

‘सूर्यको जित छ, भोलि

आउँदैछन् केपी ओली’

स्पिकरको चर्को ध्वनिबीच एमाले उम्मेदवार पोखरेल दुई वृद्ध भएको घर अगाडि टक्क अडिन्छन् । श्रद्धापूर्वक नमस्कार गर्दै भन्छन्, ‘दाइ, सूर्यमा है भोट ।’ कपडा टक्टक्याउँदै उभिएका वृद्ध मुन्टो हल्लाउँछन् । बोल्दैनन् ।

पोखरेल अघि बढ्ने वित्तिकै एमाले चितवन जिल्ला कमिटी सदस्य देव पाठक आइपुग्छन् । ‘ल है सूर्यमा भोट, केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्छ’, पाठकले भने, ‘अरुलाई दिएर दुईजना सांसद भएर केही हुँदैन । केपीलाई बनायो भने परिवर्तन हुन्छ ।’

वृद्ध चुपचाप हेरिरहन्छन् । कार्यकर्ता नारा लगाउँछन्, ‘नेकपा एमाले जिन्दावाद ।’

‘दाइ, याँ घरभित्रै जानुपर्छ’, एक कार्यकर्ताले पोखरेललाई अनुरोध गरे । उनीभित्र जान खोज्दा एकजना महिला बाहिर निस्किइन् ।

‘ल है दिदी, भोट दिनुपर्यो’, उनले बोलिनसक्दै जवाफ आयो, ‘हजुरलाई नै त हो, सधैं दिने ।’ पोखरेल र अरु कार्यकर्ता ओलीको नाम लिँदै प्रधानमन्त्री बनाउनुपर्ने बताउन थाले ।

केहिबेरपछि भएको सभामा पनि पोखरेलले अहिलेको चुनाव नै केपी ओली कि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने भन्ने विषयको भएको बताउँदै एमालेका घोषणा पत्रमा उल्लेखित वाचाहरु दोहोर्याए ।

ओलीलाई प्रधानमन्त्री बनाउने गरी आफूलाई भोट दिन आग्रह गर्ने पोखरेल स्वयं चाहिँ विगतमा पार्टीभित्र माधव नेपाल खेमाका नेताका रुपमा चिनिन्थे । नेपालले पार्टी विभाजन गरेर जाँदा चाहिँ पोखरेलले ओलीलाई साथ दिए ।

लामा टोलबाट ओरालो जाँदै गर्दा उनले पसल–पसल छिरेर पनि आफूलाई भोट मागिरहे । सकेसम्म नजिकै गएर दुई हात जोडिरहे ।

‘दाइ नमस्कार, आराम हुनुहुन्छ ?’

चिया पसलमा बसेका एक वृद्धलाई पोखरेलले भोट मागे ।

‘यसपालि मात्रै हो र रु सधैं सूर्यलाई नै त हाल्ने हो नि’, उनले जवाफ फर्काए । नजिकै रहेका एक युवाले चाहिँ जिस्क्याए, ‘१० वर्ष त भोटै खेर गएछ नि, खोइ टोलमा के प्रगति भयो रु’

चुनावी टोली अघि बढेपछि अनलाइनखबरसँग कुरा गर्दै मतदाता धर्मलाल विश्वकर्माले लामो समयदेखि सूर्यमा नै मत दिँदै आएकाले पोखरेललाई नै दिने बताए ।

भत्ता बढाउने आश्वासन

पोखरेल अर्को घरतिर छिर्न मात्र के लागेका थिए । कार्यकर्ताले रोकिहाले । ‘दाइ, याँ चार÷पाँच भोट छ’, सुन्नेवित्तिकै पोखरेल फरक्क फर्किए ।

‘ल हजुर, भत्ता दिने माननीय आउनु भएको छ है’, कार्यकर्ताले पोखरेलको परिचय गराए । उनले पनि थपिहाले, ‘भत्ता दिने पार्टी यही हो है । मनमोहनको पार्टी ।’

अगाडि बसेका वृद्धहरु फिस्स हाँसे । पोखरेलले ‘सूर्य है’ भनेपछि मुन्टो हल्लाए । फर्किने बेला फेरि आश्वासन दिए, ‘सूर्यलाई भोट हाल्नुस् है, भत्ता बढ्छ ।’

पोखरेल अघिल्तिर रहेको घरको गेटतिर पनि छिरे । एकजना महिला अलमलिँदै निस्किइन् ।

‘ल है सूर्यमा मतदान है,’ पोखरेल बोले ।

उनले सुकुम्वासीलाई धनीपूर्जा दिने कानून लेख्ने व्यक्ति आफू नै भएको बताउँदै भोट मागे । कानून, न्याय तथा मानवअधिकार समितिमा पोखरेल सभापति हुँदा भूमिसम्बन्धी ऐन आएको थियो । ‘एमाले हजुरहरुको प्यारो पार्टी हो’, उनले भने, ‘त्यही भएर लालपूर्जा पाउनु भएको हो ।’

पोखरेल निस्किएपछि चाहिँ पार्वती नेपालले विगतमा हसियाँ हथौडामा भोट हालेको बताइन् । ‘यसपालि चाहिँ कसलाई दिने थाहा छैन’, उनले भनिन्, ‘गठबन्धन छ, कांग्रेसलाई नै दिनुपर्छ भन्छन् ।’

चुनावी टोली अघि बढ्दै थियो । ‘नेताज्यूको भाषण सुन्नुपर्यो, आउनुस् है रामजी,’ भीडमा कार्यकर्ता फुस्फुसाए । थप दुईजना पनि भिडमा मिसिए ।

सभामा पुग्नै लाग्दा पोखरेलले ७७ वर्षीय फूलमाया तामाङलाई नमस्कार गर्दै भोट मागे । उनीले आर्शिवाद दिइन् । अनलाइनखबरसँग कुरा गर्दै उनले अहिलेसम्म सबै चुनावमा एमालेलाई नै भोट दिएको बताइन् ।

सभामा बोल्दै पोखरेलले विपक्षीलाई आफूलाई १० वर्ष सांसद भएर पनि के गरे भन्ने आरोप लगाएको बताए । ‘गठबन्धनको चाहिँ नयाँ मान्छे हो रु १० वर्ष समानुपातिक सांसद भएर चाहिँ के–के भएको छ रु एकपटक सोध्नुस्’, पोखरेलले भने, ‘राज्यमन्त्री भएर पनि के गरे सोध्नुुस् ।’

उनले खानेपानी, गुम्बा, मदनकृष्ण हरिवंशको स्कुललाई सांसद विकास कोषबाट सहयोग गर्नेदेखि लिएर सांसदले गर्नसक्ने सबै काम गरेको बताए ।  -अनलाइखबरबाट

Chitwan Aaja चितवन आज
शुक्रबार, कार्तिक २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु
चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार

ताजा समाचार

सबै

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

यी हुन् नेकपाका १६५ उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.