काठमाडौं, २२ कात्तिक –
नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ।
गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडामाथि चुनावी सभामा जाँदै गर्दा मनहरि गाउँपालिका वडा नम्बर ३ मा गाडीबाट ओर्लनेवित्तिकै हातपात भएको हो ।
हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेको इलाका प्रहरी कार्यालय नेवारपानीले जनाएको छ । खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













