२२ कात्तिक, हेटौंडा
गएको कात्तिक २ गतेदेखि परिवारको सम्पर्कमा नरहेका ईन्द्रसरोवर गाउँपालिका–३ काप्राङका ५७ वर्षीय सञ्चार थिङको शव फेला परेको छ ।
सोमबार बेलुकी भिमफेदी गाउँपालिका–८ दोभान खोलामा सडेगलेको अवस्थामा शव फेला पारिएको प्रहरी नायब उपरिक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
मृतकका छोराले कपडाको आधारमा शवको पहिचान गरेको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













