भरतपुर, कार्तिक २०-
डा. भोजराज अधिकारीले जनताको मनस्थिति आफुहरूका लागि सकारात्मक रहेको बताएका छन् ।
आफुहरूले गर्न सक्ने योजना मात्रै ल्याएको उनले बताए । भरतपुर २५ लाई महानगरपालिकाको मुल प्रवाहमा समावेश गर्ने उनको प्रतिबद्धता छ । सबै क्षेत्रका समुदायका लागि समतामूलक निति निर्माण गर्न पहल गर्ने डा.भोजराजले बताए । जनताको घरमै अस्पताल ल्याउने कार्यक्रम ल्याउने उनले बताए ।
सबैको सुरक्षाका लागि सामाजिक सुरक्षा निति ल्याउने उनको भनाइ छ । बैज्ञानिक विकास रणनीति अपनाउने, गुनासो रहित कार्य गर्न जनताको घरदैलोमा आएको उनले बताए ।
प्राप्त राजनीतिक उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक( बाम गठबन्धनका उम्मेदवारलाई निर्वाचित गर्न ठाकुर ढकालले आग्रह गरेका छन् । अहिले स्थानीय सरकार पनि गठबन्धनकै भएकोले प्रदेश र संघमा समेत गठबन्धनको उपस्थिति हुनुपर्नेमा उनको जोड थियो ।
माडी नगरपालिकाका निवर्तमान मेयर समेत रहेका प्रदेशसभा ३९२० गठबन्धनका उम्मेदवार ढकालले विकास निर्माण गर्न आफुहरूलाई मतदान गर्न उनले आग्रह गरे ।
माडीमा मैले जसरी विकासका काम गरेू, उनले भने, यहाँको विकास गर्ने मेरो चाहाना छू । आफु भन्दा योग्य उम्मेदवार भए उनैलाई मतदान गर्न ढकालको अनुरोध छ ।