चितवन काार्तिक १९-
प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल भरतपुरको गोन्द्रागबाट ९४ बर्षिय स्वतन्त्र सेनानी झुल प्रसाद पौडेलको घरबाट आशिर्वाद लिदै आफ्नो घरदैलो अभियान सुरु गरेका छन् ।
जनताको साथ, सहयोग र समर्थनमा आफु निर्वाचित हुने पौडेलले बताए । यँहा राजनीति गर्न नभई विकास गर्न आएकोले जनताले सहयोग गर्ने बिश्वास दिए ।
चितवनको क्षेत्र नं।३ मा धेरै पटक अरुलाई जिताएर पठाएको हुदा देखिने गरी काम नभएको खोक्रा भाषणले जनता आजित भएको बेला आफ्नो उम्मेद्वारीले यस क्षेत्रका मतदाता उत्साहित पाएको बताए । लोकतन्त्रमा जनताले सहज सेवा पाउनुपर्ने समयमा देशमा देखिएको राजनितिक खिचातानीका कारण जनताले दुख पाएको बताए ।
आफु नेपाली कांग्रेसको सच्चा कार्यकर्ता भएको बताँउदै पार्टिले कारवाही गर्दैमा आफु स्वतन्त्र हुन नसक्ने बताए । बिधि र बिधानमा नचल्नेहरु गठबन्धन गरेर सत्ता र स्वार्थका लागी मनलाग्दी सहमति गर्दा नेपाली कांग्रेस अन्य दलको कठपुतली भएको आरोप लगाए ।
हिजो शुक्राबार बाट सुरु भएको घरदैलो अभियान निरन्तर चल्ने जगन्नाथ पौडेल प्रचारप्रसार समितीले जनाएको छ ।
चितवन क्षेत्र नं।३ मा स्वतन्त्र उम्मेद्वारको रुपमा पौडेल बलियो उम्मेद्वारको रुपमा रहेका छन् ।
यस क्षेत्रबाट २० जना उम्मेदवारहरू मैदानमा छन् । चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्छन् । यहाँ १ लाख ४४ हजार २८३ मतदाता रहेका छन् ।