चितवन, कात्तिक १८ –
आसन्न प्रतिनिधि सभा एबं प्रदेश सभा निर्वाचनका लागि लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट क्षेत्र नम्बर ३ प्रदेश १ को उम्मेदवार वन्नु भएका प्रा डा. सूर्यकान्त घिमिरे घरदैलो अभियानमा सक्रिय वन्नु भएको छ । घोषणा पत्र सार्बजनिकिकरण संगै उहाँ अहिले घर दैलो चुनाबी कार्यक्रममा तिब्रताका साथ लाग्नु भएको छ ।
प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत उहाँले आज भरतपुर महानगरपालिका वडा नम्बर ८ मा घदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ । यस्तै वडा नम्बर ६ मा समेत घरदैलो कार्यक्रम गरिएको छ । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहित उहाँले घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको हो । घरदैलोका क्रममा घिमिरेलाई मतदाताले संबिधानको रक्षा र बिकासका सवालमा प्रश्न गरेका छन् । संबिधानको रक्षा गर्दै बिकासका सवालमा जोडीन मतदाताले घिमिरेलाई अनुरोध गरेका छन् ।
घरदैलोका क्रममा घिमिरे किसानको खेत खेतमा पुग्दै आउनु भएको छ । कृषि क्षेत्रमा राम्रो ज्ञान हुनु भएका कषि तथा वन बिज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार समेत बन्नु भएका घिमिरेले कृषि क्षेत्रको समस्या समाधानका लाग्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।