Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा घरजग्गाका कारोबारमा गिरावट, महानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट

चितवन, कात्तिक १६-
चितवनमा घर जग्गाको कारोबारमा गिरावट आएको छ । मालपोत कार्यालय भरतपुरका अनुसार पछिल्लो छ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको हो ।

गत वैशाखदेखि असोजसम्मको तथ्याङ्कअनुसार चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको कार्यालयका प्रमुख शेरबहादुर भण्डारीले बताए । बैंकबाट कर्जा पाउन कठिन र ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार सिथिल बनेको उनको भनाइ छ । उहाँका अनुसार यो महिना त झन् २० प्रतिशत मात्र घरजग्गाको कारोबार भएको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गासमेत बिक्री नभएको व्यवसायीले बताउँदै आएका छन् । घरजग्गा किन्न खोज्ने पनि सहजै बैंकिङ कर्जा नपाउँदा यो अवस्थामा लगानी गरिहाल्ने मुडमा छैनन् । यो अवस्थामा घरजग्गाको मूल्य घट्ने आँकलन व्यवसायीको छ । त्यसकारण पनि खरिदकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

तरलता अभावसँगै सरकारले भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि जग्गा वर्गीकरणविना कारोबार गर्न पाइँदैन । सोही कारण घरजग्गा कारोबारको सङ्ख्या घटेको प्रमुख भण्डारीले बताए । भूमि व्यवस्था मन्त्रालयले आगामी मङ्सिर २३ गतेभित्र स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रको जग्गालाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउनुपर्ने गरी पत्राचार गरेको थियो ।

घरजग्गा व्यवसायी सङ्घ चितवनका अध्यक्ष बाबुराम अधिकारीले चितवनमा घरजग्गा व्यवसायी र किसान दुवै समस्यामा परेको बताए । उनले भने, “किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन् । अर्कोतर्फ सबै पालिकामा कित्ताकाट नखुल्दा पनि व्यवसायी र सर्वसाधारण पीडामा परेका छन् ।”

उनले भने, “भरतपुर महानगरपालिकामा झण्डै पाँच सय लिखत निवेदन थन्किएर बसेका छन् । भित्रभित्र एउटा फाइलको रु ५० हजार लिएर सिफारिस गर्ने गरिएको छ ।” वडाले सिफारिस गरेपछि फेरि महानगरको प्राविधिकले हेर्ने त्यसले माथि प्रतिवेदन दिएपछि प्रमुख तथा उपप्रमुख रहेको अर्को समितिले अध्ययन गर्ने भनेर प्रक्रियालाई झन्झटिलो बनाएर नागरिकलाई दुःख दिने काम भएको उनले बताए ।

चितवनका अर्का व्यवसायी दिनेशकुमार चुके कित्ताकाटको समस्या नसुल्झँदा समस्या आएको बताए । उनले भने, “घरजग्गामा धेरै लगानी गरेका चितवनका व्यवसायी समस्यामा परेका छन् । स्थानीय तहको निगरानीमा किनबेच हुने व्यवस्था गर्नसकेमा राम्रो हुने थियो ।”

लिखत पारित घट्दाको प्रत्यक्ष असर राजस्व सङ्कलनमा पनि परेको छ । मालपोत कार्यालय चितवनको तथ्याङ्क हेर्दा मालपोत कार्यालय चितवनमा वैशाख महिनामा एक हजार एक सय ३५ वटा लिखत पास भएकामा असोज महिनासम्म आउँदा चार सय ९६ वटा लिखत पास भएका छन् ।

जेठ महिनामा एक हजार एक सय ७० पुगेको लिखतको सङ्ख्या असार, साउन र भदौमा निरन्तर ओरालो लागेको हो । जुन घटेको तथ्याङ्क ५६।३० ले कम हो । वैशाखमा एक सय २५ वटा पास भएको माडी मालपोतको लिखत घटेर असोजमा ५९ मा झरेको थियो भने चार सय ५३ रहेको चनौली मालपोतको लिखित असोजमा एक सय ३५ मा झरेको थियो । पूर्वी चितवनको खैरहनी मालपोतमा पनि वैशाखमा २२८ रहेको सङ्ख्या घटेर असोजमा एक सय ३० मा घटेको तथ्याङ्कले देखाउँछ ।

उक्त अवधिमा मालपोत कार्यालय चितवनमा घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा पनि झण्डै ५० प्रतिशत गिरावट आएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कअनुसार चितवनमा गत वैशाखमा रु १० करोड ४५ लाख ४४ हजार एक सय ५२ राजस्व सङ्कलन भएकामा असोजमा घटेर ६ करोड १९ लाख १३ हजार पाँच सय ८७ मात्र राजस्व सङ्कलन भएको छ । यो सङ्ख्या ४० प्रतिशत बढीले कम हो ।

मालपोत कार्यालय चितवनले यो आर्थिक वर्षको पछिल्लो तीन महिनामा एक हजार पाँच सय ८६ वटा मात्र जग्गा खरिद बिक्री भएको जनाएको छ । यो अवधिमा कार्यालयले रु २४ करोड ९६ हजार राजस्व सङ्कलन गरेको छ ।

महानगरपालिकाले खुलायो जग्गाको कित्ताकाट

भरतपुर महानगरपालिकाले जग्गाको कित्ताकाट खुलाएको छ । पाँच हजार वर्गमिटरभन्दा कम अर्थात् १४ कट्ठा १५ सम्म क्षेत्रफल भएको जग्गाको कित्ताकाट खुला गरिएको महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जानकारी दिए । जग्गा व्यवसायीसँग भएको मौखिक सहमतिपछि महानगरले बोर्ड बैठकबाट नै जग्गा कित्ताकाटको निर्णय गरेको अधिकारीले बताए । भू–उपयोग नियमावली, २०७९ को नियम ८ मा भू–उपयोग क्षेत्र वर्गीकरण गर्ने आधार र मापदण्ड रहेको छ ।

यसै नियमावलीको अनुसूची १ को बुँदा क ९९० मा बसोबास, व्यावसायिक क्षेत्र वा अन्य उपयोग भएको क्षेत्रसँग जोडिएको भए तापनि कित्ताको क्षेत्रफल पाँच हजार वर्गमिटरभन्दा बढी अर्थात् १४ कट्ठा १५ धुरभन्दा बढी खेती गरिएको वा खनजोत गरिएको वा पर्ती बाँझो जग्गा कृषि क्षेत्र भनी उल्लेख गर्नुपर्ने व्यवस्था छ । -रासस

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध
सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

ताजा समाचार

सबै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.