Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

चितवनमा देवी ज्ञवाली र उत्तम जोशीको जुहारी : आफू विरुद्ध भ्रम नफैलाउन ज्ञवालीको आग्रह

चितवन, कात्तिक १६–
चितवनमा देवी ज्ञवाली र उत्तम जोशीको जुहारी परेको छ । चितवन क्षेत्र नं २ (ख)का प्रदेश सभा सदस्यका उमेदवार देवी ज्ञवालीले आफू विरुद्ध भ्रम नफैलाउन गठबन्धनका उमेदवार उत्तम जोशीलाई आग्रह गरेका छन् । एक कार्यक्रममा बोल्ने क्रममा जोशीले तीन वर्ष भूमि आयोगको अध्यक्ष भएर ज्ञवालीले काम गर्न नसकेको आरोप लगाएपछि अनावश्यक भ्रम नफैलाउन ज्ञवालीले आग्रह गरेका हुन् ।

आफुले डेढ वर्ष मात्रै काम गर्न पाएको र त्यस अवधिमा सकेको जति काम गरेको ज्ञवालीले बताएका छन् । ज्ञवालीले फेसबुकमार्फत ज्ञोशीको आरोपबारे यसरी प्रष्ट पारेका छन् ।

१. कार्यकाल ३ वर्ष रहेको : मलाई तत्कालिन नेपाल सरकारले मिती २०७६।१२।०९ मा भुमि सम्बन्धी समस्या समाधान आयोग, २०७६ को अध्यक्ष भई सुरू ३ वर्ष र थप प्रगती/कार्यसम्पादनका आधारमा २ वर्ष हुने गरि भूमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित वसोबासीको लगत, तथ्यांक , नाँपजाँच र अन्य प्रकृया सक्ने जिम्मेवारी दिएको थियो । उत्तम भाई उम्मेद्वार रहनुभएको गठबन्धनको सरकार बनेपछि २०७८ को श्रावणमा राजनैतिक प्रतिशोध साँधेर पहिलो प्रहार भूमि आयोग नै विघटन भएर भएको हो । गणितको सामान्य जानकारी हुने व्यक्तिले ३ वर्ष र डेढ वर्ष बीच फरक छुट्याउन सक्छ, उत्तम भाईलाई थाहा नहुने कुरा भएन ।

२. हामीले आयोगमा काम सुरू गर्दा शून्य बाट शुरू गरेका हौँ । कार्यलयको प्रबन्ध, कर्मचारी माग्ने, सरूवा मिलाउने, स्टेशनरी खोज्ने सबै काम आफ्नै सकृयतामा गरियो ।

३. सचिवालय सम्मको व्यवस्थापन नहुँदै पनि हामी मन्त्रालयको माथिल्लो तलामा रहेको मिटिङ रूममा बसेर भूमि नियमावलीको १८ओै संशोधन का लागि काम गरियो, कार्य सम्पादनका लागि अपरिहार्य थियो । स्मरण रहोस हामीले गरेको पहिलो निर्णय बमोजिम कार्यकाल भरि बैठक भत्ता लिएनौ, नयाँ गाडी चढेनौ र करदाताको रू १ पनि फजुल खर्च गरेनौँ । त्यसपछि कार्यप्रणाली कस्तो हुने , त्यसका लागि थुप्रै कार्यविधि बनायौँ । हालको सरकारले सो कार्यविधिहरूमा आयोगको नाम फेरेर उस्तै उतारेको पनि म भाईलाई सार्वजनिक रूपमा जानकारी गराउँछु ।

दवी ज्ञवालीको स्टाटस र उनले सेयर गरेको जोशीको भिडियो :

४. त्यसपछि हामीले स्थानिय तहसँग लगत संकलनका लागि सम्झौता गर्यौँ । कानून अनुसार चाहिँ उत्तम भाईले आशय गरेजस्तो सुरूसुरू लालपूर्जा फटाफट प्रिन्ट गरेर दिन मिल्दैन, सम्पत्तिको हकको व्यवस्थापन रहेकाले निकै लामो चरण पार गर्नु पर्छ है ।

५. हामीले भूमिहिन दलित, सुकुम्बासी र अव्यस्थित वसोबासी गरि देशभर ११ लाख ८० हजार भन्दा बढी परिवारको लगत संकलन गरेका थियौँ ।

६. लगत संकलन गरेर मात्र भएन, जग्गा नाँपजाँच पनि गर्न पनि पर्थ्यो । सो का लागि हामीले देशभरका लागि पुग्ने गरि सर्भेयर तथा प्राविधिक कर्मचारीको व्यवस्थापन गर्नुपर्थ्यो, सो पनि मेरो नेतृत्वको आयोगले गरेको थियो ।

७. धेरै ठाउँमा जग्गा नापजाँचको काम हुँदै थियो, कति ठाउँमा पूर्जा वितरणको अन्तिम तयारी पनि भएको थियो ।

८. तपाईले पनि बुझ्न चाहनुभयो भने बुझ्न सक्ने कुरा के हो भने हालको सरकारले मेरो नेतृत्वमा भएको काम सन्तोषजनक नदेखिएमा मलाई स्पष्टिकरण सोधी हटाउन सक्थ्यो, तर कार्य सन्तोषजनक नभएको भनी देखाउन एउटा पनि आधार थिएन । सो कुरा त हालका गृहमन्त्रीले हामी सँगको अनौपचारिक कुराकानीमा ‘काम त राम्रो गर्नुभयो तर कुरा बुझ्नु न’ भनी भन्नुभएको सन्दर्भ यहिँ मार्फत सार्वजनिक गरेँ । नियोजित भ्रम चिर्न यति प्रष्टिकरण आवश्यक छ है भाइ ।

९. हामीले त्रुटि रहित कार्यसम्पादन होस, तलमाथि नहोस भन्नाका खातिर निकै वैज्ञानिक कार्यविधि र निर्देशिका बनाएका थियौँ । अब मेरो कार्यकालको निकै ठुलो हिस्सा कोभिड १९ को लकडाउन भित्र पर्थ्यो तर पनि सो अवधिमा भएको कार्यसम्पादन हेर्दा केही गरेन भन्न मिल्ला ? हाल बनेको आयोगले नेपालभर आयोगको जिल्ला समिति समेत बनाउन सकेको छैन । गठबन्धनको उम्मेद्वार रहँदै गर्दा आफ्ना तर्फका गठबन्धन सरकारले गरेका काम हेरेर तुलना पनि गर्ने कि ?

१०. हामीले कार्यसम्पादन गर्दै गर्दा मेरो नेतृत्वको आयोगलाई एउटा पनि पत्राचार नगरी, कार्यकसम्पादन सन्तोषजनक भए नभएको सो समेत नबुझि किन आयोग विघटन गरेको भनेर ने।का। सभापति तथा सम्माननिय प्रधानमन्त्रीलाई एकपटक सोधी हेर्न पनि अनुरोध गर्दछु ।

११. हालको सरकारले गठन गरेको आयोगले हामीले गरेको तयारी, सो का आधारमा गरिएका प्राविधिक व्यवस्थापन, लगत आदीलाई नै निरन्तरता सम्म दिएको छ । सो कुरा राष्ट्रिय भुमि आयोग, २०७८ को गठन आदेश हेरेर थाहा पाउन सकिन्छ नै । उत्तम भाईलाई सो को प्रतिलिपि चाहिएमा म सविनय उपलब्ध गराउने नै छु ।

१२. तसर्थ, मेरा प्रतिस्पर्धी रहनुभएका उत्तम भाईलाई म निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकुल हुने गरि गलत तथ्यको सहारा लिई कोही उम्मेद्वार विरूद्ध भ्रम नफैलाउन विनम्र अनुरोध गर्दछु । हामीसँग बहश गर्न यथेष्ट एजेन्डा छन, हामी चितवनबासीले सभ्य राजनैतिक संस्कारको परिचय पनि दिन सक्छौ । मेरो आग्रह पनि छ । धन्यवाद ।

Chitwan Aaja चितवन आज
बुधबार, कार्तिक १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा
चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु
बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

ताजा समाचार

सबै

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.