काठमाडौं, १४ कात्तिक
मधेस प्रदेशमा आज पनि सार्वजनिक बिदा रहेको छ । संघ सरकारले छठ पर्वका अवसरमा आइतबार देशभर सार्वजनिक बिदा दिएको थियो । तर, मधेस प्रदेश सरकारले छठको अन्तिम दिन पनि बिदा दिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै कात्तिक १४ गते सोमबार पनि मधेश प्रदेशमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













