सिराहा, १२ कात्तिक –
सिरहामा खोलामा फालिएको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । सिराहाको गोलबजार नगरपालिका-८ स्थितको मैनावती खोलामा महिना पुगिसकेको जस्तो देखिने शिशु (छोरा) को शव शनिबार बिहान फेला परेको हो ।
छठपर्वको लागि मैनाबती खोलामा घाट निर्माण गर्न पुगेका स्थानीयले शिशुको शव देखेपछि प्रहरीलाई खवर गरेको थियो । खबर पाएपछि तत्काल पुगेको प्रहरीले आवशयक प्रकृया पुरा गरी पोष्टमार्टमको लागि शव प्रादेशिक अस्पताल लहान पाठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानाएको छ ।
अवैध सम्बन्धका कारण गर्भ रहेकाले लोकलाजका कारण शिशु फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले भने घटनाबारे अनुसनधान गरिरहेको जनाएको छ । न्युज कारखाना
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













