Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, मंसिर २१, २०८२
☰
Logo आइतबार, मंसिर २१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५. हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ६. हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

  • ७. आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ८. गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनाः २१ यात्रु घाइते

  • ९. चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

  • १०. हरेक बिहान भिजाएको बदाम खानुका ५ फाइदा

पर्यटन पुनरुत्थानका लागि पोखरामा ‘फेवा नववर्ष महोत्सव’ हुने

काठमाडौँ, २४ चैत –
नेपाली संस्कृतिको संरक्षण र खानाको प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरामा ‘१७औँ फेवा नववर्ष महोत्सव’ आयोजना हुने भएको छ ।

‘पर्यटन, संस्कृति र खाना’ भन्ने नाराका साथ चैत ३० देखि वैशाख १ गतेसम्म लेकसाइडस्थित फिष्टेल गेटबाट हलनचोकसम्मको मुख्य सडकमा महोत्वसव सञ्चालन हुने आयोजक होटल सङ्घ पोखराले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

कोभिड–१९ महामारीबाट शिथिल बनेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि महोत्सव गर्न लागिएको होटल सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले बताउनुभयो । कोभिडका कारण गत दुई संस्करणको महोत्सव स्थगनपछि नयाँपनका साथ करिब तीन किलोमिटर खुला सडकमा महोत्सव आयोजना गर्न लागिएको हो ।

नेपालका मुख्य सहरमा अङ्ग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकामा नेपाली नयाँ वर्ष पनि उत्तिकै उल्लासका साथ मनाउन यसको प्रचारप्रसार गरी आफ्नो मौलिक संस्कृतिको रक्षा गर्ने महोत्सवको लक्ष्य रहेको छ ।

महोत्सवका अवसरमा अम्बोट र सेन्टर प्वाइटमा स्टेजमार्फत लाइभ म्युजिक, लोकदोहोरी गायन, हाँस्यव्यङ्ग्य प्रस्तुतिसहित विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ । महोत्सवलाई भव्यरुपमा सम्पन्न गर्न होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

महोत्सवको अवसरमा सङ्घले सदस्य होटलहरूको प्रकाशित दररेटमा ३० प्रतिशत छुट दिनेछ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न महोत्सवको प्रचारप्रसारका लागि सङ्घले हालै बुटवल, हेटाँैडा र वीरगञ्जमा ‘आउँ है पोखरा अभियान’ सञ्चालन गरेको थियो । महोत्सवको अन्नपूर्ण केबलकार प्रालि र गोर्खा ब्रुअरी प्रालिको टुबोर्ग वियर मुख्य प्रायोजक रहेको छ । पोखरा पर्यटन परिषद्लगायत अन्य छभन्दा बढी सङ्घसंस्थाले महोत्सवलाई सहयोग गर्नेछन् ।

महोत्सवको प्रमुख आकर्षणका रूपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी प्रस्तुति, ख्यातिप्राप्त कलाकार एवं स्थानीय कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, दोहोरी आदि प्रस्तुत गरिनेछ । कूल रु ३५ लाख खर्च हुने महोत्सवमा एक लाखभन्दा बढी आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने आयोजकको दाबी छ ।

पत्रकार सम्मेलनमा होटल सङ्घ नेपालका कार्यवाहक अध्यक्ष विनायक शाहले कोभिड त्रासको दुई वर्षपछि पर्यटन क्षेत्र विस्तारै जुर्मुराउँदै गएको र यस्ता मेला महोत्सवले पर्यटक आगमन बढ्ने बताउनुभयो । उहाँले महोत्सवको उद्देश्य महामारीपछि आन्तरिक र विदेशी पर्यटकलाई स्वागत गर्न पोखरालगायत पर्यटकीय क्षेत्र तयारी अवस्थामा छन् भनेर सन्देश दिनु पनि हो भन्नुभयो ।

कार्यवाहक अध्यक्ष शाहले आगामी सिजनका लागि आइरहेको इन्क्वायरी उत्साहवद्र्धक रहेको र यसले आउने दिनमा पर्यटनका लागि सुखद् रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । अध्यक्ष सुवेदीका अनुसार पोखरामा अहिले पर्यटकदेखि पाँचतारेसम्म गरी एक हजार २०० होटल छन् । ती होटलमा ४० हजार बेड रहेका छन् । निकट भविष्यमै सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने विदेशी पर्यटकको व्यवस्थानका लागि आवश्यक पूर्वाधार थपिँदै गरेको पनि व्यवसायीको भनाइ छ ।

होटल सङ्घका केन्द्रीय सदस्य एवं होटल व्यवसायी भरत पराजुलीले पोखराको प्राकृतिक सुन्दरतालाई उत्सवमय बनाएर पर्यटकलाई आकर्षण गर्न महोत्सव उपयोग हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लाखौँ काठमाडौँवासीलाई पोखरा लगेर आर्थिक गतिविधि थप चलायमान बनाउन पनि मेला महोत्सव गरिँदै आएको बताउनुभयो । (रासस)

Chitwan Aaja चितवन आज
बिहिबार, चैत २४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए
२५ हजार शुल्क सहित रास्वपाले प्रतिनिधिसभा उम्मेदवारका लागि खुलायो आवेदन
अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

ताजा समाचार

सबै

मलेखु–मुग्लिङ सडकखण्डमा दुईवटा बस ठोक्किए

२५ हजार शुल्क सहित रास्वपाले प्रतिनिधिसभा उम्मेदवारका लागि खुलायो आवेदन

अमेरिकी दबाबबीच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

बिरेन्द्र बहुमुखी क्याम्पसका प्रभावशाली विद्यार्थी नेता बिनय आचार्यद्वारा बिस्वराज अधिकारीको जीवनरक्षाका लागि क्याम्पसबाट नै सहयोग अभियान सुरु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सुन आज २ लाख ५२ हजार २०० मा कारोबार

निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

एनपिएलः आज लिग चरणको अन्तिम खेल हुँदै

आज आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

चितवनबाट काठमाडौँ भ्रमण गएर फर्कंदै गरेको विद्यार्थी बोकेको बस धादिङमा दुर्घटना

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली

नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

अब बन्ने सरकार पुराना पार्टीहरूकै होः ओली

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • २.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    हेर्नुस आज मिति वि.सं.२०८२ साल मंसिर २० गते । शनिबारको राशीफल

  • ६.
    हेर्नुस आज मिति २०८२ मंसिर १८ गते बिहिवारको राशीफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech