काठमाडौं, ६ कार्तिक –
मकवानपुर प्रहरीले अवैध लागूपदार्थसहित एक जनाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–१० बाट ११ किलो ३९० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय, मकवानपुरबाट खटिएको टोलीले ना१ज २६२७ नम्बरको मोटरसाइल र त्यसका चालकलाई जाँच गर्ने क्रममा रोशनको झोलामा लुकाइ ल्याइएको गाँजा फेला परेको हो । गाँजा र मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । न्युज कारखाना
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













