चितवन, कात्तिक ७-
चितवन प्रशासनले साँझ ९ बजेपछि देउसी भौलो खेल्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गर्दै यस वर्षको तिहारमा साँझ ९ बजेसम्म मात्र देउसी भैलोको कार्यक्रम राख्न निर्देशन दिएको हो ।
प्रशासनले देउसी भैलोको क्रममा निर्वाचन आचारसंहिता विपरित कार्य तथा राजनीतिक बिषय बस्तु समावेश नगर्न पनि आग्रह गरेको छ ।
प्रशासनले मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन घोषणा भएर निर्वाचन आचारसंहिता जारी भएकोले केही शर्तहरु पालना गर्न जरुरी भएको उल्लेख गरेको छ ।