चितवन, कात्तिक ६–
समाजसेवी तथा पूर्व सांसद मैयादेवी श्रेष्ठको निधन भएको छ । मैयादेवी कन्या कलेजकी संस्थापक संरक्षक समेत रहेकी श्रेष्ठको गएराती १ः१० बजेको समयमा उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । विस १९८७ असोजको फूलपातीका दिन तनहूको वन्दिपुरमा श्रेष्ठको जन्म भएको थियो । धर्मछोरा टंकनाथ पौडेलका अनुसार श्रेष्ठको शवलाई आज बिहान ९:३० बजेदेखि १० बजेसम्म नेपाली कांग्रेस चितवनको पार्टी कार्यालयमा र १० बजेपछि केहीबेर उनले नै स्थापना गरेको मैयादेवी कलेज परिसरमा श्रद्धाञ्जलीका लागि राखिने पौडेलले बताए । त्यसपछि श्रेष्ठको शवलाई अन्त्येष्टिका लागि देवघाट लगिने उनले जानकारी दिए । दानवीरका रुपमा चिनिएकी मैयादेवी श्रेष्ठ मैयादेवी कन्या कलेज भरतपुरको संस्थापक संरक्षकसमेत हुन् । अविवाहित रहेकी श्रेष्ठले धर्मछोराहरु तथा विभिन्न सामाजिक तथा राजनीतिक क्षेत्रका संघसंस्थालाई आार्थिक तथा जग्गा दान गरेकी थिइन् ।
चितवनमा मैयादेवी श्रेष्ठको निधन
चितवनमा मैयादेवी श्रेष्ठको निधन
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






