चितवन, कात्तिक २-
नारायणी नदीमा नेपालकै पहिलो सिग्नेचर पुल बनाउन ठेक्का आह्वान भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणी नदीमा सिग्नेचर पुल निर्माणका लागि ठेक्का आज (बुधबार) ठेक्का आह्वान भएको हो । अत्याधुनिक प्रविधि प्रयोग गरेर नारायणी नदीमा आकर्षक एवम् कलात्मक पुल निर्माण गर्न लागिएको हो ।
५०० मिटर लामो हुने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो छ ।
उक्त पुलमा रातको समयमा आकर्षक बत्तीले सजाउने योजनासमेत बनाइएको छ ।
साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार