काठमाडौं, कात्तिक २-
आज (बुधबार)दिउँसो ३ बजेर ७ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का चितवनमा पनि महसुस भएको थियो । भूकम्पपछि चितवनका मान्छेहरु घर बाहिर निस्केका थिए । भूकम्पको धक्का चितवनसहित धादिङ, गोरखा, बनेपामा मनि महसुस भएको थियो ।






