Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ८. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ९. काठमाडौंको खाली जग्गामा भेटियो पुरुषको शव

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

सामाजिक र राजनीतिक यात्रामा डा. भोजराज अधिकारी

चितवन, असोज २८ –

चितवनको दुर्गम गाउँ तत्कालिन कुरिनटार गाउँ विकास समिति कमेरेको एउटा विपन्न परिवारमा जन्मिएर चिकित्सक जस्तो विशिष्टिकृत सेवा क्षेत्र हुँदै राजनीतिक आन्दोलनमा प्रवेश गर्नु भएका डाक्टर डा भोजराज अधिकारी चितवनबासीका लागि नौलो नाम होइन । बिगत १७ बर्षदेखि चिकित्साक्षेत्र मार्फत जनताको सेवामा रहनुभएका डा अधिकारी यस पटक चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट सम्युक्त गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) को गोलाकार भित्रको हसियाँ हथौडा चुनाव चिन्ह लिएर प्रतिनिधिसभा सदस्यको रुपमा राजनीतिक यात्रा तय गर्नु भएको छ ।

बुबा एकदेव अधिकारी र आमा चुनादेवी अधिकारीका कोखबाट छैटांै सन्तानका रुपमा २०३६ सालमा उहाँको जन्म भएको हो । गरिबीले आक्रान्त उहाँको परिवार जन्मथलो छोडेर चितवनको साविक पटिहानी गाउँपालिका अर्थात हालको भरतपुर महानगरपालिका २२ मा बसाई सर्यो । परिवार बसाई सर्दै गर्दा अधिकारी केवल एक वर्षको हुनुहुन्थ्यो ।

बाल्यकाल :
डा. अधिकारीको बाल्यकाल पनि पटिहानीमै वित्यो । उहाँको प्राथमिक शिक्षा पटिहानीकै राष्ट्रिय प्राथमिक विद्यालयबाट शुरु भयो । पाँच कक्षासम्म मात्र रहेको उक्त विद्यालय पछि पटिहानीकै अमर माविबाट डा अधिकारीले २०५२ सालमा विशिष्ट श्रेणीमा एसएलसी उर्तीण गर्नु भयो । पढाईमा अब्बल अधिकारी कहिल्यै दोस्रो हुनु परेन । विद्यालयकै सबै भन्दा धेरै नम्बर ल्याउने विद्यार्थी अर्थात होल फष्ट हुनुहुन्थ्यो । कक्षा ५ र ८ को परीक्षामा उहाँले चितवन जिल्ला प्रथमनै हुनुभएको थियो ।
चञ्चले स्वभाव, तीक्ष्ण बुद्धि काम नगरी खाली बस्न नसक्ने उहाँको स्वभावका कारण एसएलसी दिएपछिको खाली समयमा पनि उहाँ खाली बस्नु भएन् । स्थानीय ब्राइट स्टार बोडिङ स्कूलमा तीन महिना पढाउनुभयो ।

उच्च शिक्षा र स्वास्थ्य सेवाः
अमृत साइन्स क्याम्पस(अस्कल)बाट २०५४ सालमा प्रथम श्रेणीमा आइएससी गर्नु भएका डा अधिकारीले शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्ति कोटामा पोखरास्थित मणिपाल मेडिकल कलेज, शिक्षण अस्पताल बाट चिकित्सा विज्ञानमा स्नातक (एम.बी.बी.एस.) उर्तीण गर्नुभएको हो ।

पोखराको पढाई पछि उहाँले चिकित्सा क्षेत्रको पहिलो काम चितवनको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल(पुरानो मेडिकल कलेज)बाट शुरु गर्नु भयो । २०६२ सालमा इन्टर्नसीप चिकित्सककोरुपमा अस्पतालमा काम गर्दा उहाँमा रहेको क्षमताको कारण सोही मेडिकल कलेजबाट निशुल्क काठमाण्डौं विश्वविद्यालयको इन्टरनल मेडिसिन(फिजिसियन)मा एमडी गर्नु भयो । एमडी अध्ययन गर्दागर्दे उहाले लोकसेवा मार्फत सरकारी चिकित्सकको रुपमा नाम निकालेर हालको कालिका नगरपालिकाको जुटपानी स्वास्थ्य चौकीमा सरकारी चिकित्सक बन्नुभयो । त्यो उहाँको सरकारी सेवाको पहिलो प्रारम्भ थियो । मेडिकल कलेजको व्यस्तता र केही नयाँ सिकौ भन्ने मान्यता राख्नुहुने डा अधिकारीको सरकारी क्षेत्रबाट केही गरौं भन्ने भावना पुरा हुन नसक्ने देखेर त्यो जागीरमा त्यति रमाउन सक्नु भएन । त्यस पछि उहाँकोे विशिष्टिकृत सेवा पुरानो मेडिकल कलेजबाट शुरु भयो ।

एमडी अध्ययन गर्देगर्दा कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पतालमा उहाँकै नेतृत्वमा नेपालमै नीजि क्षेत्रबाट पहिलो पल्ट मृगौलाको डायलायसिस सेवा शुरु भएको थियो । त्यो सेवा सर्वसाधारण नागरिकको पहुँचमा पु¥याउने उहाँको ध्येय थियो । काम त्यहाँ गरिरहँदा पनि कसरी त्यो सेवा सरकारी अस्पतालमा दिन सकिन्छ भन्ने उहाँमा हुटहुटी भइरहन्थ्यो ।

सरकारी जागीर छोडेपनि आम नागरिकको स्वास्थ्य प्रति उहाँ सधै चिन्तित हुनुहुन्थ्यो । त्यसैले उहाँमा जागृत गरिब र निमुखा विरामीको सेवामा समर्पण गर्ने चाहनाले अस्पताल विकास समितिकै माध्यमबाट भरतपुर अस्पतालमा प्रवेश गर्नुभयो । २०६७ साल देखिको निरन्तरता र सोही अस्पतालको अध्यक्ष जस्तो गरिमामय नियुक्ति पछि उहाँले चितवनको स्वास्थ्य क्षेत्रमा धेरै र उल्लेख्य काम गर्ने अवसर प्राप्त गर्नुभयो । वितेको ३० महिना भरतपुर अस्पतालको अध्यक्षसमेत बन्नुभयो । यो अवसरमा उहाँले भरतपुर अस्पतालको भौतिक निर्माण, सेवाको गुणस्तरमा धेरै उल्लेख्य काम गर्नुभयो ।

त्यसो त अस्पतालमा जनरल फिजिसयिनको रुपमा काम गर्दाको १० वर्षमा उहाँले नेपाल सरकारका विभिन्न निकायसंग समन्वय गरी स्वास्थ्य क्षेत्रका थुपै्र काममा अग्रसरता लिनुभएको थियो । भरतपुरलाई मेडिकल सिटीका रुपमा बिकास गर्नुपर्छ भन्ने मान्यता राख्नुहुने डा अधिकारी राजनीति तर्फ पाइला अगाडि सार्दा पनि उक्त अभियान संगै भरतपुर अस्पताललाई गरिब र जेहन्दार विद्यार्थीको रोजाई स्थलको रुपमा सरकारी मेडिकल कलेज बनाउन तल्लीन हुनुहुन्छ ।

सामाजिक सेवा :
२०७३ सालदेखि नेपाल सरकारको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को उपाध्यक्ष समेतको भूमिका निर्वाह गरिसक्नु भएका डा अधिकारी सरकारको स्वास्थ्यसंग सम्वन्धित नीति तर्जुमा निमार्णमा सामेल हुनुभयो । डा अधिकारीलाई २०७६ चैत १८ गते नेपाल सरकारले भरतपुर अस्पताल विकास समितिको अध्यक्ष नियुक्त गरेको थियो । यो पद उहाँले निर्वाचनमा होमिदैगर्दा राजीनामा दिनु भएको हो ।

उहाँ अध्यक्ष हुदा भरतपुर अस्पतालमा भौतिक निमार्ण, विशिष्टिकृत सेवा र विस्तारका थुप्रै काम भएका छन् । अस्पतालको आकस्मिक भवन निमार्ण र संचालन, अन्य बन्दै गरेका व्लकहरुको पूर्णता र संचालन, कर्मचारीको दरबन्दी वृृद्धि र व्यवस्थापन, बिमा, विपन्न सेवालगायतका कामको प्रभावकारिता भएका छन् । आइसियू बेडको वृृद्धि आदि लगायतका उल्लेखनीय कामहरु भएका छन् भने अहिले पनि भौतिक पूर्वाधारका कामहरु जारी छन् ।

अस्पतालको अध्यक्ष भए पनि डा अधिकारीले विरामी हेर्ने काम कहिल्यै छोड्नु भएन । भरतपुरमै रहेको पुष्पान्जली अस्पतालमा उहाँ अझै पनि दैनिक दर्जनौ बिरामीलाई सहज सेवा दिइरहनुभएको छ ।
डा अधिकारीमा आफ्नो चिकित्सकिय सेवा संगै देशविदेशका धेरै अनुभव छन् । उहाँले ३९ देश भ्रमण गरि त्यहाँको स्वास्थ्य क्षेत्रको बारेमा केही बुझ्ने र सोही अनुसार नेपालमा प्रयोग गर्ने दृढ इच्छा राख्नुहुन्छ । कोरोना महामारी र यसबाट बचाउने विषयमा पनि उहाँको उल्लेख्य योगदान रह्यो । नेपालमै पहिलो पल्ट उहाँकै अगुवाईमा चितवनमा कोभिड भ्याक्सिनको अनुसन्धान भइरहेको छ ।

हकी स्वभावका डा अधिकारी विद्यार्थी कालदेखि नै क्रान्तिकारी विचारको हुनुहुन्थ्यो । २०५२ सालमा नेकपा (मशाल)को सदस्यता लिनुभएका डा अधिकारी हाल नेकपा (माओवादी केन्द्र) निकट स्वास्थ्य तथा जनसंख्या विभागको केन्द्रिय सचिव हुनुहुन्छ ।

जहाँ काम त्यहाँ सधै अव्वल नै नतिजा दिनुपर्छ भन्ने मान्यता राख्नुहुने डा अधिकारी आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट पाँच दलीय गठबन्धनको साझा उमेद्वारका रुपमा चितवन क्षेत्र नं ३ मा मैदानमा हुनुहुन्छ ।
सम्युक्त परिवारमा रहनुहुने डा अधिकारीका बुबा, आमा, श्रीमती, एक छोरी र एक छोरा हुनुहुन्छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, असोज २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ
कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य
चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

ताजा समाचार

सबै

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

रामेछाप प्रहरीले सुरु गर्‍यो सार्वजनिक सवारी चलाकको लापसे जाँच

आफ्नै पत्नीको खुट्टा काटेर पति फरार

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक घाइते

उपत्यकाको ठूलो पर्व पाहाँ चर्‍हे जात्रा समापन

वन डढेलो रोक्न नवलपरासी पूर्वमा सचेतना सप्ताह सुरु

राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार, गाउँपालिका अध्यक्षसहित ४ जनाविरुद्ध मुद्दा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.