Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०८, २०८२
☰
Logo आइतबार, चैत ०८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • ९. ‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै

  • १०. छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

चितवनका उम्मेदवार भेटघाट र आन्तरिक छलफलमा व्यस्त

चितवन, असोज २७-
यही मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका क्रियाशील राजनीतिक दलहरु गाउँ पस्ने तयारीमा लागेका छन् ।

निर्वाचन आचारसंहिताले कात्तिक १५ गते पछि मात्रै झण्डा र ब्यानरसहित गाउँ पस्न दिने भए पनि दलका नेता कार्यकर्ता आफ्नो पक्षको उम्मेदवारलाई विजयी गराउन गाउँ पस्न सुरु गरेका छन् ।

जिल्लामा सत्ता गठबन्धनका उम्मेदवार अहिले आन्तरिक छलफल र गृहकार्यमानै व्यस्त रहेका छन्, भने नेकपा ९एमाले०सहितका अन्य दल पनि उम्मेदवारसहित छलफल एवं परामर्शमा नै व्यस्थ रहेका छन् ।

उम्मेदवार र दलहरु आन्तरिक गृहकार्यमा व्यस्त रहँदै गर्दा दलका तल्लो तहका नेता भने आफ्नो पक्षमा मत माग्नका लागि गाउँगाउँ पुग्न सुरु गरिसकेका छन् ।

एमाले चितवनका उपाध्यक्ष कमल पाठक अहिले झण्डा र ब्यानर लिएर गाउँ पस्न नपाउने भए पनि उम्मेदवार भने गाउँ छिरिसकेको बताए ।

उनले भने, “औपचारिक रुपमा कात्तिक १७ गतेदेखि घरदैलो अभियान सुरु हुने भए पनि अहिले नेता कार्यकर्ता आ–आफ्नो तरिकाले भोट माग्ने काम भइरहेको छ ।”

नेताहरुले भेटघाट र आन्तरिक छलफललाई तीव्र बनाएको उनले बताए । जनताको माझ मत माग्न जाँदा नेकपा एमालेले राष्ट्रियता र सम्वृद्धिको नारा लिएर जाने बताए ।

नेपाली कांग्रेसका उम्मेदवार अहिले क्षेत्रीय तथा पालिकास्तरको छलफलमा व्यस्त रहेको कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।

क्षेत्रमा भेला बैठक भइरहेको भन्दै उनले केही दिनमानै उम्मेदवार गाउँ पस्ने बताए । आचारसंहितका कारण पार्टीको झण्डा र ब्यानर लिन नमिले पनि मत माग्न मिल्ने जनाउँदै उनले दलका नेता कार्यकर्ता गाउँ पस्ने तयारीमा रहेको बताए ।

गठबन्धनको बैठक बसेलगत्तै उम्मेदवार गाउँमा जाने उनको भनाइ छ ।

उनले भने, “गठबन्धनको बैठक एक÷दुई दिनमानै बस्छ । अनि हाम्रा उम्मेदवार गाउँ छिर्नुहुन्छ ।” अहिले सम्पर्क कार्यालय स्थापना, निर्वाचन परिचालन समिति गठन, घोषणा पत्र तयारी समिति जस्ता महत्वपूर्ण समिति निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

गठबन्धनका उम्मेदवारले प्रतिगमनको विरुद्धमा लोकतन्त्रलाई बलियो बनाउँदै सम्वृद्धिका लागि मत माग्ने बताए । अहिले नेता कार्यकर्ता आफ्नो पक्षमा मत माग्न गाउँ पुगेको जानकारी दिए । नेकपा (माओवादी केन्द्र)केही दिनमानै घरदैलोमा जाने रणनीतिमा रहेको छ ।

माओवादी केन्द्रका चितवनका संयोजक रामचन्द्र अधिकारिका अनुसार पार्टीको र गठबन्धनको आन्तरिक बैठक सकिए लगत्तै घरदैलो अभियान सुरु हुने छ ।

उनले भने, “आचारसंहिताले पार्टीको झण्डा र ब्यानर बोक्न रोकेको भए पनि जनतको घरमा पुग्न रोकेको छैन ।” उम्मेदवार र अन्य नेतासहित घरदैलो सुरु गरिने उनको भनाइ छ ।

अहिले दलका नेता तथा कार्यकर्ता गठबन्धनको पक्षमा मत माग्न गाउँ पसिसकेको उनले जानकारी दिए । गठबन्धनले सम्वृद्धिको नारासहित प्रतिगमनको विरुद्धमा मत माग्ने उनले भने ।

नेकपा एकीकृत समाजवादी पनि अहिले आन्तरिक गृहकार्यमा रहेको समाजवादीका जिल्ला उपाध्यक्ष अरुणपीडित भण्डारीले जानकारी दिए । अहिले निर्वाचन क्षेत्र, पालिका र वडा तहको बैठक जारी रहेको उनको भनाइ छ ।

बैठक सकिएलगत्तै उम्मेदवार तथा नेता कार्यकर्ता जनताको घरदैलोमा पुगिसक्ने उनले बताए । निर्वाचनलाई गठबन्धनको पक्षमा पार्नका लागि नेकपा एमालेका नेता कार्यकर्ता लागिसकेको उनको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)पनि गाउँ पस्ने तयारीमा छ ।

सबै क्षेत्र र वडास्तरमा निर्वाचन परिचालन समिति गठनको दौडमा रहेको राप्रपाका केन्द्रिय सहमहामन्त्री रिना गुरुङले बताए ।

अहिले क्षेत्र, पालिका र वडा तहका नेता कार्यकर्ता मत माग्न गाउँपसिसकेको उनले जानकारी दिए । तीन प्रतिनिधिसभा सदस्य र ६ प्रदेशसभा सदस्य क्षेत्र रहेको यस जिल्लामा हाल चार लाख आठ हजार तीन सय ४२ जना मतदाता रहेका छन् ।

क्षेत्र नं १ मा एक लाख ३९ हजार आठ सय ४५ जना, क्षेत्र नं २ मा एक लाख चौबिस हजार दुई सय १४ जना र क्षेत्र नं ३ मा एक लाख चौवालीस हजार दुई सय ८३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ ।

जिल्लामा एक सय ६२ मतदानस्थल र चार सय ६० मतदान केन्द्र रहेने छन् । -रासस

Chitwan Aaja चितवन आज
बिहिबार, असोज २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

ताजा समाचार

सबै

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

चितवनमा सम्झौताअनुसार काम नगर्ने कम्पनीलाई एक करोड १६ लाख जरिवाना

पाल्पा ‘टिपर’ दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

आन्तरिक विवादले परीक्षा रोकिएपछि विरगन्जको हरि खेतान क्याम्पस रणमैदानमा परिणत

चितवनमा अनुमतिबिना माछा मार्नेसहित १२८ जना पक्राउ

तोलामै साढे १२ हजारले घट्यो सुनको मूल्य

इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम-‘हर्मुज जलडमरू नखोले पावर प्लान्टहरू ध्वस्त पार्छौँ’

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ३.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ४.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.