चितवन, असोज २५-
चितवनमा बालिकालाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
आफ्नै घरमा भाडामा बस्ने १७ बर्षिया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको अभियोगमा कालिका नगरपालिका वडा नम्बर ४ का २७ बर्षिय सलिम पक्राउ परेका हुन् ।
बालिकालाई करणी गर्दै गरेको समयमा आमाले देखे पछि उनलाई पक्राउ गरिएको कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक बिजयराज पण्डितले जानकारी दिए ।
पक्राउ परेका गुरुङ्लाई जर्बजस्ति करणी मुद्धामा सात दिनको म्याद थप गरि थप अनुसन्धान सुरु गरिएको उनले बताए ।








