चितवन, असोज २५-
चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट घाइते भएका रत्ननगर नगरपालिका–६ का विसुन महतोको मृत्यु भएको छ ।
असोज १० गते चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा आएको गैँडाले उनलाई आक्रमण गरेको थियो ।
गैँडाको आक्रमणबाट घाइते उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेकामा थप उपचारका लागि हिजो सोमबार काठमाडौँ लगिएकामा आज बिहान मृत्यु भएको मृगकुञ्ज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले जानकारी दिए ।








