चितवन, असोज २४-
प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं-३ मा उम्मेदवारी दर्ता गराएका नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेविरुद्ध उजुरी परेको छ ।
न्यौपानेले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको संचालक समितिको सदस्यबाट राजीनामा नदिई उम्मेदवारी दिएकाले उम्मेदवारी खारेज गरीपाउँ भन्दै स्वतन्त्र उम्मेदवारी दिएका बासुदेव सापकोटाले उजुरी दिएका हुन् ।
न्यौपानेविरुद्धको उजुरीको सम्बन्धमा जाँचबुझ गरि उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यालयले जनाएको छ ।