मकवानपुर, २१ असोज-
त्रिभुवनराजपथअन्तर्गत हेटौँडा काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–२ को बाह्रघुम्तीमा आज बिहान खसेको सुक्खा पहिरोले यातायात अवरुद्ध भएकामा सडक डिभिजनको डोजरले पहिरो पन्छाएपछि आजै साँझ ५ बजेदेखि यातायात सञ्चालन भएको छ ।
बाह्रघुम्तीमा बिहान पहिरो खसेपछि प्रहरीले काठमाडौँबाट आएको सवारीसाधनलाई सिमभञ्ज्याङमा रोकिएको र हेटौँडाबाट आएको सवारीसाधनलाई भैँसेमा रोकिएका थिए । पहिरो पन्छाएपछि प्रहरीले सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













