चितवन, असोज २१–
नारायणी नदीले फेरि खतराको तह पार गरेको छ ।
आज बिहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको हो । देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ ।
यस्तै नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको सतह १२ मिटर पुगेको जल मापन केन्द्रले जनाएको छ ।








