चितवन, असोज २०–
पटक–पटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड संचालनमा आएको छ ।
भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाईएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । केराबारीको पहिरो ५ः५० हटाईएको थियो भने १८ किलोको पहिरो केहीबेर अघि मात्रै हटाएर बाटो खुलाईएको प्रहरीले जनाएको छ ।
१८ किलोमा लेदोसहितको पहिरो खसेको थियो ।








