रोट्र्याक कलव अफ बर्दिबास                                          नेपाल प्रहरी र ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम आयोजना गरेका छन । 
प्रहरी र रोडट्र्याक कलव अफ बर्दिबासका स्वयंसेवकहरुले यात्रा तथा सुरक्षामा ध्यान दिने उदेश्यले राजमार्गका यात्रु र स्थानीय व्यापारीलाइ पर्चा, पम्प्लेट वितरण गरेका हुन् । 
स्थानीय व्यापारीलाई पनि पसल पसलमा पुगेर सुरक्षामा सचेत गराइएको थियो भने यात्रारत यात्रु, चालक, सचालक सवैलाइ रोकेर ट्राफिक नियमका समबन्धमा अवगत गराइएको थियो । 
चाडपर्वमा चालक/सचालकले मादकपदार्थ सेवन गरेको थाहा पाएमा प्रहरीले तुरुन्त सम्पर्क गर्न यात्रुहरुलाइ अनुरोध गरेको छ । पाकेटमार, चोरी, डकैतीमा विशेष सावधान रहन अनुरोध गर्दै प्रहरीले त्यस्तो क्रियाकलाप भएको थाहा पाए तुरुन्त १०० नम्बरमा फोन गर्न सुचित गरेको छ । 
व्यापारीहरुलाई पनि मिति गुज्रेका सामान, अत्याधिक मुल्य नलिन सचेत गराइएको छ । तस्बिरः न्युज काराखाना
                                 
                                    चाडपर्वलाई लक्षित सचेतनामूलक कार्यक्रम (फोटो फिचर) 
                                 
                              
                                                            
                           चाडपर्वलाई लक्षित सचेतनामूलक कार्यक्रम (फोटो फिचर)
                                                               तपाईको प्रतिक्रिया
                           सम्बन्धित समाचार
                              
                           
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













