चितवन, असोज १५ –
चितवन निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेद्वार बन्न लागेका चितवनका युवा व्यावसायी चन्द्र विलास अधिकारीले दशैंका बेला पनि घरदैलो अभियान जारी राखेका छन् ।
दशैंका बेला पनि अधिकारी घरघरमा गएर आफू उम्मेद्वार बन्न लागेको जानकारी गराउँदै भोट माग्दै हिँडेका हुन् ।
चितवन क्षेत्र नं. ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे र एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
सोही क्षेत्रबाट युवा व्यावसायी चन्द्रविलासले स्वतन्त्ररुपमा उम्मेद्वारी दिन लागेका हुन् ।
चितवनमा विगत दश वर्षदेखि रेष्टुरेण्ट र शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आइरहेको अधिकारी सफल युवा व्यावसायीका रुपमा परिचित छन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार