चितवन, असोज १५-
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले विकास विरोधीहरु अत्तालिएको बताएकी छन् ।
शुक्रबार साँझ आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गर्दै उनले भनेकी छन्, ‘चितवनको विकासबाट अत्तालिएकाहरू, परिवर्तनका विरोधीहरू आज अनेक षड्यन्त्र गर्न खोज्दैछन । चितवनबासी जनसमुदायहरू होसीयार होऔँ ।’
भरतपुरमा विभिन्न योजनाको लागि ठेक्का आह्वान भएको बारे फेसबुकमा पोस्ट गर्दै आएकी दाहालले शुक्रबार अचानक विकास विरोधीहरु अत्तालिएको बारेको पोष्ट हालेकी हुन् ।








