चितवन, असोज १५-
प्रतिनिधि सभाको निर्वाचन २०७४ मा चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद कृष्णभक्त पोखरेलले आफुले प्रयोग गर्दै आएको गाडीलगायतका सरकारी सेवा सुविधा संसदलाई बुझाएर क्लियरेन्स लिएका छन् ।
उनले यससँगै आफुले पाँच वर्षमा गरेका कामको विवरण समेत प्रस्तुत गरे ।
उनको नेतृत्वमा १७६ वटा भन्दाबढी कानुनहरूलाई सर्वसम्मत रूपमा संसोधन गरी न्यायोचित व्यवस्थासहित संविधान अनुकुल बनाइएको बताए ।
यस्तै, खाद्य अधिकार, स्वास्थ्यको अधिकार, आवासको अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकार जस्ता मौलिक हकहरू कार्यान्वयनको लागि १६ वटा नयाँ कानुनहरू पनि यसै अवधिमा निर्माण भएको बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ओलीले गोन्द्राङ–पुल्चोक बाटो छ लेनमा विस्तार र सभा गृह भवन निर्माणका लागि बजेट विनियोजन गरि शिलान्यास गरि विकासका महत्वपूर्ण पहलकदमी सुरूवात भएको उनले बताए ।








