Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत ०७, २०८२
☰
Logo शनिबार, चैत ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ७. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

  • १०. प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

नवरात्री सुरु भएसँगै ‘मौलाकालिका’ मन्दिरमा दर्शनार्थीको भीड बढ्दै

गैंडाकोट, असोज १४-
वनै वनको बीचमा उकालो बाटो। बाटोको छेउछाउमा ढुंगा कुँदेर बनाइएका आकर्षक मूर्ति। चरा चुरुङ्गीको चिरविर आवाजमा रमाउँदै डाँडा चढ्नेहरू थकानको महसुस गर्दैनन्। डाँडाको माथि पुग्नै लाग्दा घण्टको ध्वनिले मनै आनन्दित बनाउँछ।

डाँडाको टुप्पोमा समथर भाग, अनि फराकिलो आँगन भएको आकर्षक मन्दिर मौलाकालिका। उत्तरपट्टी हिम शृंखला रत्रिशूली र कालीको संगम देवघाटधाम देखिन्छ। दक्षिणतर्फ सललल बग्दै गरेको नारायणी नदीको नागवेली चाल।

त्यसको पारिपट्टीको नारायणघाट बजारसहित चितवनको समथर भूभागको मनोरम दृष्य। यसले डाँडा उक्लिँदा लागेको थकान क्षणभरमै बिर्साउँछ। गैंडाकोटको मौलाकालिका मन्दिरमा पुग्ने जो कोहीले स्वर्गको अनुभूति गर्छन्। अध्यात्म र आस्थाको केन्द्र हो, मौलाकालिका मन्दिर।

मौलाकालिकालाई शक्ति स्वरुपाको रुपमा पुज्ने गरिन्छ। नवरात्री सुरु भएसँगै मौलाकालिकामा दर्शनार्थीको भीड बढ्दै गएको छ। प्राकृतिक सौन्दर्यले भरिएको मौलाकालिका धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले आकर्षणको केन्द्र बनेको छ। बाटोको बीचबीचमा पाटी पौवा छन्।

भन्ज्याङ चौतारीहरूमा वि श्राम गरी चिसो पानी पिउँदै, सुन्दर प्राकृतिक दृश्यावलोकन गर्दै करिव एक घण्टामा मौलाकालिका मन्दिरमा पुग्न सकिन्छ। मन्दिरसम्म पुग्न एक हजार आठ सय ८२ वटा सिंढी पार गर्नुपर्छ।

हिजोआज मन्दिरमा दैनिक ठूलो भीड लाग्ने गरेको छ। एकै दिन तीन लाख भेटी संकलन हुने मन्दिरले जनाएको छ। घटस्थापनाका दिन मात्रै ६४ हजार चार सय ८५ रुपैयाँ संकलन भएको थियो। दानपेटिका ब्यवस्थापक मोती भण्डारीले भक्तजनको आवागमन बढ्ने भएकाले संधै भीडभाड हुने बताए। दसैंको सप्तमीदेखि नवमीसम्म दैनिक ५० हजारभन्दा बढी दर्शनार्थीले पूजा गर्छन्। शनिबारदेखि नवमीसम्म भीड बढी हुन्छ। वार्षिक ३३ लाख दानपेटिकामा संकलन हुन्छ। त्यस्तै वार्षिक १२ लाख परेवा बिक्रीबाट आम्दानी हुने दानपेटीका ब्यवस्थापक मोती भण्डारीले जानकारी दिए।

मन्दिरमा २०३८ सालदेखि संस्थागत पूजा–अर्चना थालिएको हो। २०५३ सालमा प्यागोडा शैलीमा मन्दिर निर्माण भएपछि भक्तजन र पर्यटकको संख्या बढ्न थालेको हो। भगवतीको दर्शन र चरणमा गरेको भाकल पूरा हुने विश्वास छ।

मनोकांक्षा पूरा हुन्छ भन्ने विश्वास गरिन्छ। धार्मिक सेवा समितिका प्रमुख सल्लाहकार पूर्व डीआईजी ज्ञानेन्द्रविक्रम महत तीन दशकदेखि मन्दिरको विकासका लागि सक्रिय छन्।

‘यो धार्मिक आस्थाको केन्द्र हो। शक्तिको प्रभावकै कारण यसप्रतिको विश्वास बढेको हो’, उनले भने, ‘अहिले मात्रै होइन यहाँ पहिल्यैदेखि भक्तजनको भीड लाग्ने गरेको छ।’ सरकारले मन्दिरलाई धार्मिक गन्तव्यमा समेत सूचीकृत गरेको छ। मौलाकालिका मन्दिरमा केही वर्षदेखि युवायुवतीको पनि आकर्षण बढेको छ। शनिबार र मंगलबार मन्दिरमा बढी भीड लाग्छ। बिहान मर्निङवाक गर्नेको ताँती नै लाग्छ।

आधुनिक संसारमा रमेकाहरूका लागि पनि धार्मिक आस्थाको केन्द्र बनेको मौलाकालिका मन्दिर धार्मिक पर्यटकीय क्षेत्रको रुपमा अगाडि बढिरहेको छ। देश विदेशका धार्मिक पर्यटकहरू पनि यहाँ आउने गरेका छन्। मौलाकालिका र देवघाटले धार्मिक पर्यटन जोड्न खोजिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष टंकनाथ पौडेलले बताए। ‘भगवतीको शक्ति भएको यो ऐतिहासिक ठाउँ हो’, उनले भने, ‘दुवै क्षेत्रलाई समन्वय गरेर प्रवद्र्धन गर्न लागेका छौं।’

यहाँ अतिथि सत्कार गृह, योग ध्यान कक्ष, हेलिप्याड, गणेश तथा कृष्ण मन्दिर, व्यवस्थित भोजनालय, गौशाला, धार्मिक पर्यटक वि श्राम गृह छन्। मन्दिर परिसरमा रहेको गुरुकुलमा १८ जना विद्यार्थी अध्ययनरत छन्। ४५० वर्ष पहिले सेन राज्यको पतनसँगै यो मन्दिर ओझेलमा परेको भनाइ छ।

सेनवंशी राज्यकालपछि शक्ति स्वरुपा मौलाकालिका भगवतीका बोटे, दराई, चेपाङ, मगर, कुमाल, गुरुङजस्ता आदिवासीले पालैपालो गरेर पूजापाठ गर्थे।

त्यहाँ धमिराले खाएको काठको मौलो र कालिका भगवतीको शिला पत्थर थिए। २०३२ सालमा स्थानीय केही व्यक्ति मिलेर सानो मन्दिर बनाएका थिए।

२०४३ बैशाखसम्म बडा दसैं र चैत्रे दसैंमा पूजापाठ र पञ्चवली चढाउने व्यवस्था थियो। मन्दिरमा २०४४ साल चैत्रदेखि हरेक दिन बिहान–बेलुका पूजापाठ हुँदै आएको छ।

पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढी (ब्यारेक)मा मौलो गाडी कालिका भगवतीको शिला स्थापना गरेर पूजाअर्चना गर्दै आएको किंवदन्ती पाइन्छ।

–अन्नपूर्ण पोष्ट बाट 

 

Chitwan Aaja चितवन आज
शुक्रबार, असोज १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै
‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’
वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

ताजा समाचार

सबै

मौसममा सुधार, हालको वर्षा गराउने प्रणाली बाहिरिँदै

‘प्रतिवेदन सार्वजनिक गरियोस्, मैले सिंहदरबार जलाएको हो कि होइन जान्न चाहन्छु’

वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-नारायणगढ सडक अवरुद्ध

सधैं चुनाबी एजेन्डा बन्ने कमला पुल अझै बनेन

नवलपरासी पूर्वमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप एक लाख तीन हजार बढीलाई लगाइयो

पाथीभरामा पाँचौँ पटक हिमपात

सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ : बालेन शाह

बम विस्फोटको घटनामा लेखापढी व्यवसायी पक्राउ

कुखुराका चल्लाले दुई वर्षपछि पाए लागत मूल्य

चितवनमा हुरीका कारण चार करोडभन्दा बढीको केरामा क्षति

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

७ हजार ८ सयले घटेपछि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

रेनु दाहालको चुनावी खर्च १४ लाख ६६ हजार ७ सय

कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जा आपुर्तिमा धक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ५.
    अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ६.
    चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.