चितवन,असोज १३ –
पछिल्लो २४ घण्टामा ७६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार, साउन महिना यत्ता आठ सय १९ जनामा डेंगु रोग संक्रमण देखिएको छ । जिल्लामा दुई जनाको डेंगु रोगका कारण मृत्यु भइसकेको कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा सबैभन्दा बढि भरतपुर महानगरपालिकाका ३४६ जना रहेका छन् । त्यसैगरी खैरहनी नगरपालिकामा ४८, माडी नगरपालिकामा ९ ,रत्ननगर नगरपालिकामा ७२, राप्ती नगरपालिकामा २६, कालिका नगरपालिकामा १५ र इच्छाकामना गाउँपालिकामा ५ जना संक्रमित रहेका छन् । चितवनका कुल संक्रमित मध्ये ३०५ पुरुष र २१६ महिला रहेका छन् ।
त्यस्तै, अन्य जिल्लाबाट १८८ जना थपिएका छन् । हाल सम्म २ जनाको मृत्यु भएको छ । हालसम्म भने जिल्लामा ४६६१ जनाको डेंगु परिक्षण गरिएको छ ।