चितवन, असोज १३-
उद्योग वाणिज्य संघ–चितवनले आज बुधबार नेपालीहरुको महान् चाड विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् ११४३ एवं छठपर्व–२०७९ को अवसरमा शुभकामना आदान प्रदान गरेको छ ।
कार्यक्रममा स्वागत गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले चाडपर्वहरुको अवसरमा शुभकामना दिँदै यस्ता कार्यक्रमबाट स्थानीय निकाय एवं सरकारी निकायहरुबीच भेटघाट र आत्मीयता अझे बढ्ने बताए ।
उनले यसै वर्ष कृषि र पर्यटनलाई मुख्य आधार बनाएर चितवन महोत्सव–२०७९ आयोजना गर्न लागेको जानकारी दिए ।
कार्यक्रममा प्रमुखअतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले देश विकास गर्न, जनतालाई सुुशासनको अनुभूति दिलाउन हालसम्म पनि नसकिएको र देशलाई कुशल नेतृत्वको आवश्यकता रहेकोले आगामी निर्वाचनमा कुशल नेतृत्व चयन गर्न अनुरोध गरे ।
उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य अशोक अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख कल्पना काफ्ले, जुनियर प्रहरी तालिम केन्द्र भरतपुरका प्रमुख सन्दीप भण्डारी, कालीबहादुर गण भरतपुरका गणपति अच्यूत घिमिरे, राष्ट्रिय जिल्ला अनुसन्धान कार्यालय चितवनका उपनिर्देशक शेरजङ्गबहादुर चन्द, सशस्त्र प्रहरी बल १७ नं गण आँपटारीका सशस्त्र प्रहरी नायब उपरीक्षक निरञ्जन भण्डारी, उद्योग वाणिज्य संघ–चितवनका पूर्वअध्यक्षहरु, पदाधिकारी, कार्यसमिति, कार्यसमिति स्पाउजहरुको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवेदी जानकारी दिए ।








