चितवन, असोज १३-
जिल्ला समन्वय समिति चितवनको नियमित बैठक बिहिबार बसेको छ ।
जिल्ला समन्वय समितिका अध्यक्ष नारायण अधिकारीको अध्यक्षतामा बसेका बैठकले देशभर फैलिएको डेंगु रोगको नियन्त्रण गर्न भरतपुर महानगरपालिका, नगरपालिका र गाउँपालिकालाई सचेतनामुलक कार्यक्रम संचालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै, लैङ्गिक हिसां प्रभावित महिला तथा बालबालिकालाई सहज र सरल सेवा उपलव्ध गराउन स्थापना भएको एकद्धार संकट व्यवस्थापन केन्द्रको बारेमा जानकारी गराइ पुनःस्थापना केन्द्र वा केन्द्र संचालन गर्न आवश्यक आर्थिक पहल गर्न स्थानीय तहहरुलाइ अनुरोध गर्ने निर्णय गरेको हो ।
बैठकले विजया दशमी २०७९, शुभदीपावली र छठ जस्ता धार्मीक साँस्कृतिका पर्वहरुको अवसरमा समितिका सदस्यहरु बीच सुख शान्ति र समृद्धिको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्ने निर्णय गरेका जिजस चितवनले जनाएको छ ।








