चितवन, असोज १३–
नेकपा(माओवादी केन्द्र)का दुई नेता पुनः माओवादीमै फर्किएका छन् ।
नेकपा (एमाले)मा केहीदिन अघि मात्रै एमाले प्रवेश गरेका माडीका तत्कालीन बागमती प्रदेश सदस्य गिरीधारी सुवेदी र माडी–७ का उपाध्यक्ष सुरेश थापा आज (बिहीबार) पुनः माओवादी केन्द्रमा फर्किका हुन् ।
उनीहरुलाई माओवादी अध्यक्ष प्रचण्डले आफ्नै निवासमा स्वागत गरे । यसअघि पनि एमाले प्रवेश गरेका माडीका अर्का माओवादी नेता सोमबहादुर वि.क एक सातामै माओवादी केन्द्रमै फर्किएका थिए ।