Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०९, २०८२
☰
Logo सोमबार, चैत ०९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ७. अमेरिकासँग तनाव घटाउने प्रस्ताव खामेनीले गरे अस्वीकार

  • ८. गगनले दिए सभापतिबाट राजीनामा, भोलिको बैठकमा छलफल हुने

  • ९. नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

  • १०. इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

चितवनमा मानव र गैँडाबीच द्वन्द्व बढ्दै

चितवन, असोज १२ –
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा संरक्षण निकै चुनौतीपूर्ण बन्दै गएको छ । चोरी सिकारी र बासस्थान अभाव हुँदा नेपालकै पहिलो राष्ट्रिय निकुञ्जमा सो समस्या बढ्दै गएको हो । विसं २०२९ मा स्थापना भएका यस निकुञ्जमा २०५५ सालदेखि हालसम्म एक सय ७९ वटा गैँडा चोरी सिकारीका कारण मरेका छन् ।

निकुञ्जको स्थापनापछि झन्डै डेढ दशक रोकिएको गैँडाको चोरी सिकार विसं २०४० को दशकपछि पुनः सुरु भई द्वन्द्वकालमा ह्वात्तै बढेको निकुञ्जको तथ्याङ्कले देखाएको छ । चितवनमा विसं २०५६ देखि २०६६ को बीचमा एक सय ५८ वटा गैँडा चोरी सिकारीका कारण मरेका थिए भने आर्थिक वर्ष ०५८/५९ मा एक वर्षकै अवधिमा ३८ वटा गैँडा चोरी सिकारीका कारण मारिए । यो तथ्याङ्क नै चोरी सिकारीका कारण सबैभन्दा बढी गैँडा मरेको वर्षका रुपमा रहेको छ ।

दुई आव ०६९/७१ र ०७३/७४ मा एक/एकवटा गैँडा चोरी सिकारीका कारण मरेका थिए । यसपछि केही वर्ष रोकिएको गैँडाको चोरी सिकारी आव २०७७//७८ मा तस्करले एक्कासि चारवटा गैँडा मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । गत आव २०७८/७९ मा चोरी सिकारीका कारण दुईवटा गैँडा मारिएका छन् । आव २०७१/७३ (दुई आर्थिक वर्ष) सम्म लगातार तथा २०७४/७७ (तीन आर्थिक वर्ष) सम्म चितवनमा गैँडाको चोरी सिकार भएन । सो समय निकुञ्जले ‘शून्य चोरी सिकारी वर्ष’समेत मनाएको थियो ।

त्यसैगरी, आव २०७४/७५ देखि एक हजार दिनसम्म चोरी सिकारीका कारण निकुञ्जमा कुनै पनि गैँडा नमरेका भन्दै निकुञ्जले उत्सवसमेत मनाएको थियो । यद्यपि अहिले पछिल्ला दुई वर्षदेखि निकुञ्जमा चोरी सिकारी र कालगतिका कारण गैँडाहरू भकाभक मर्ने क्रम बढेपछि संरक्षणमा चुनौती थपिएको छ ।

प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम बढ्दो अवस्था रहेको छ । गैँडा बुढो भएर, एकआपसमा जुधेर, दलदलमा फसेर, बच्चा जन्माउन नसकेर, बाढीले बगाएर र साना केटोलाई बाघले खाइदिएर मर्ने गरेका छन् । गत आव २०७८/७९ मा निकुञ्जमा ३७ गैँडा प्राकृतिक कारणले मरेको देखिन्छ ।

त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३३ र आव २०७६/७७ मा ४३ गैँडा प्राकृतिक कारणले मरेका छन् । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादवले पछिल्ला वर्षहरुमा गैँडा संरक्षणमा चुनौती थपिँदै गएको बताए । गैँडा संरक्षणको सबैभन्दा ठूलो समस्या भनेको चोरी सिकारी भएको यादवको भनाइ छ । गैँडाको उचित प्राकृतिक बासस्थान नहुँदा मानव बस्तीमा आउने कारण मानव र गैँडा बीचको द्वन्द्व पनि बढिरहेको उनको भनाइ थियो ।

त्यसैगरी, गैँडा संरक्षणको अर्को चुनौतीका रुपमा गैँडाहरू दलदलमा फस्ने र बाढीले बगाएर लैजाने समस्या रहेको उनले जानकारी दिए । निकुञ्जभित्र पर्याप्त मात्रामा घाँसे मैदान निर्माण तथा व्यवस्थापन र चोरी सिकारी नियन्त्रणमा ध्यान दिने हो भने गैँडा मर्ने क्रम घट्ने पूर्व संरक्षण अधिकृत यादवको भनाइ छ ।

यस्तो अवस्थामा निकुञ्जले गैँडा संरक्षणका लागि चरीचरनको व्यवस्थापन र चोरी सिकारी नियन्त्रणका लागि जनशक्ति परिचालन गर्नुपर्ने चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बताए । घाँसे मैदान व्यवस्थापन तथा गैँडा आहाल बस्ने पोखरी निर्माण गरी उचित बासस्थानसहित गैँडा मर्ने क्रम रोक्नका लागि निकुञ्ज लाग्नुपर्ने उनको भनाइ छ । गैँडा राति सक्रिय हुने र दिउँसो झाडीमा लुकेर बस्ने तथा एकान्त ठाउँमा आहाल बस्ने वन्यजन्तु हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले गैँडाको चोरी सिकारलाई शून्यमा राख्ने आफूहरुको उद्देश्य भएको जानकारी दिए । निकुञ्जले नेपाली सेना, नेपाल प्रहरी तथा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा तस्करीलाई पक्राउ गर्ने क्रम अघि बढाएको उनको भनाइ छ । समुदायको सहभागिता बिना गैँडाको संरक्षण गर्न चुनौती देखिएको उनको भनाइ छ । गैँडा चोरी सिकारी विरुद्ध समुदायको जागरुकता र संरक्षणका लागि चौतर्फी सक्रियता बढ्दै गएको उनको भनाइ छ ।

निकुञ्जमा गैँडा मर्ने क्रम मात्रै बढेको छैन । यहाँ गैँडाको सङ्ख्यामा समेत वृद्धि भइरहेको छ । २०७८ को गणनामा देशभर सात सय ५२ गैँडा पाइएकामा निकुञ्जमा मात्रै ६ सय ९४ गैँडा भेटिएका थिए । बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा तीन गैँडा छन् । अघिल्लो २०१५ को गणनामा चितवनमा ६ सय पाँच गैँडा थिए । यसरी गैँडाको सङ्ख्या बढ्दा मानव बस्तीमा समेत आउने गरेका छन् । यसले मानव र गैँडाबीच द्वन्द्व बढ्दै गएको छ । – रासस

Chitwan Aaja चितवन आज
बुधबार, असोज १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा
चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु
बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

ताजा समाचार

सबै

मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

नेपाल वायुसेवा निगमले काठमाडौं–दुबई रुटमा थप्यो दुई उडान

हिंसापीडित महिलाका लागि न्याय माग गर्दै पीडित पक्षले राष्ट्रिय महिला आयोग

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक, निर्वाचनको समीक्षा हुने

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउन यता १७ गैंडा मरे

निर्वाचन सफल बनाउन सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीयः गृहमन्त्री

हिजो साढे १२ हजारले घटेको सुनको मूल्य आज साढे ६ हजारले घट्यो

चितवनका सातवटै पालिकामा बाख्रालाई ‘पिपिआर’ खोप लगाइँदै

रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज सर्वोच्चमा सुनुवाइ

पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

कांग्रेसमा सुरु भयो समानान्तर गतिविधि: देउवा-कोइराला समूहले बोलायो केन्द्रीय समिति बैठक

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

प्रहरीको ‘घुमौँ चितवन’ कार्यक्रम सुरु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    बन्दना देवकोटा बनिन् चलचित्र पत्रकार संघ चितवनको पहिलो महिला उपाध्यक्ष

  • ४.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना

  • ६.
    पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.