Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, पुष २९, २०८२
☰
Logo मङ्गलबार, पुष २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४. चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६. नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

  • ७. चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नौ गैँडाको मृत्यु

  • ८. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

चितवनमा मुटुरोगीको संख्या बढ्दै

चितवन, असोज १२-
जिल्लाका ठूला अस्पतालका मुटुरोग विशेषज्ञले एउटै मञ्चबाट उच्च रक्तचाप, मधुमेह, तनाव, मदिरा, सुर्तीजन्य पदार्थ, मोटोपन जस्ता कारणले दिनानुदिन मुटुरोगीको सङ्ख्या बढ्दै गएको बताएका छन् ।

मुटुरोगको उपचार गर्ने चिकित्सकको संस्था ‘नेशनल हर्ट एण्ड लङ्ग सोसाईटी’ नेपाल र कान्तिपुर हेल्थले आज भरतपुरमा आयोजना गरेको चिकित्सक–पत्रकार अन्तक्रिया कार्यक्रममा उनीहरुले आम नागरिकमा रोगबाट बच्नका लागि आवश्यक जनचेतना जगाउन नसकिएकामा चिन्ता व्यक्त गरे ।

कार्यक्रममा भरतपुर अस्पतालका मुटुरोग विशेषज्ञ डा मणिप्रसाद गौतमले मुटु रोग तनाव, मधुमेह, धूमपान, व्यायामको अभाव, मदिरा, सुर्तीजन्य पदार्थको बढी उपभोगका कारण हुने गरेको बताए ।

उनले भने, “नेपालमा २८ देखि ३० प्रतिशत धूमपान गर्दछन् त्योभन्दा बढी सुर्ती खाने गर्दछन् ।” वर्ष दिनमा एक पटक ७२ दशमलव आठ प्रतिशत नेपालीले मदिरा सेवन गर्ने गरेको अध्ययनले देखाएको भन्दै उनले ४८ दशमलव आठ प्रतिशतले नियमित मदिरा सेवन गर्ने गरेको जानकारी दिए ।

पन्ध्र वर्षदेखि ६९ वर्ष उमेरसम्मका समूहमा सन् २०१९ मा गरिएको सर्वेक्षणले यो तथ्य दिएको भन्दै उनले समयमा नियन्त्रण गर्न नसकेमा भविष्यमा समस्या जटिल बन्दै जाने बताए । नौ दशमलव एक प्रतिशत नेपालीमा मधुमेह रहेको भन्दै उनले थप १० प्रतिशत मधुमेहको जोखिममा रहेको बताए ।

उनले भने, “मधुमेहका बिरामीलाई मुटु रोग हुने उच्च सम्भावना हुन्छ ।” विश्वका १७ प्रतिशत मधुमेयी भारतमा रहेको चर्चा गर्दै नेपाल र भारतको खानपान र जीवनशैली एउटै खालको भएकाले नेपाल पनि उच्च जोखिममा रहेको डा. गौतमले बताए ।

मुटु रोगका लागि बलियो कारक उच्च रक्तचाप बन्दै गएको उनको भनाइ छ । उनले थपे, “वयस्कमा २४ दशमलव पाँच प्रतिशत उच्च रक्तचाप रहेको छ ।” नेपालमा मोटोपन र मोटोपन नभए पनि पेट ठूलो हुने हुँदा यो मुटुरोगका लागि जोखिम हुने चिकित्सकले बताए ।

सो अवसरमा चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीले खानपान र जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको समस्या बढ्दै गएको बताए ।

समयमा उपचार गर्न सकेमा जीवन बचाउन सकिने उल्लेख गर्दै उनले भने, “विश्वस्तर र काठमाडौँमा रहेका मुटुरोगमा उपयोग हुने प्रविधि अहिले चितवनमा नै छ ।”

काठमाडौंको गङ्गालाल हृदयरोग केन्द्रमा १० वर्ष अनुभव हासिल गरेर विगत १० वर्षदेखि चितवनमा उपचारमा सक्रिय डा. रेग्मीले उपचारका सबै सुविधा यहाँ भए पनि आम नागरिकलाई विश्वास दिलाउन अझै नसकिएको बताए ।

उनले भने, “काठमाडौँका सरकारी अस्पतालको शुल्क र यहाँका निजी अस्पतालको शुल्क एउटै छ, प्रविधि उही छ, तर मोफसलको मानसिकताले बिरामी यहाँ उपचार गराउन हिच्किचाउँछन् ।”

हृदयघात भएका बिरामीलाई ३० देखि ९० मिनेटभित्र भल्व खोल्नुपर्ने भन्दै उनले यहाँ आधा घण्टाभित्रमा नशा खोल्न सकिने बताए । मुटुको उपचारको सेवा राजधानी बाहिर सुरु गरेसँगै धेरैको जीवन बचेको छ ।

डा.रेग्मीका अनुसार कृत्रिम मुटु प्रत्यारोपण जस्ता प्रविधि विकास भएको भए पनि नेपालमा त्यो आइनसकेको बताए ।

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले मृत्यु भएका चार जना नेपालीमध्ये एक जनाको कारक मुटुरोग हुने गरेको भन्दै खानामा चिल्लो र गुलियो बस्तु घटाउन आग्रह गरे ।

पछिल्लो समय प्रदूषण पनि मुटुरोगको कारण बन्ने गरेको चर्चा गर्दै डा लौडारीले भने, “हावा प्रदूषणले २५ देखि २७ प्रतिशत मुटुका रोग निम्ताउँछन् ।” प्रदूषणले मुटुदेखि क्यान्सरसम्मका रोग निम्त्याउने उनको भनाइ थियो ।

तनाव मुटुरोगको अर्को कारण रहेको भन्दै उनले तनाव व्यवस्थापनमा लाग्न सुझाव दिए । जनचेतना जागृत गराउन विश्वभर मुटु दिवस मनाउने गरेको भन्दै उहाँले सबै मिलेर जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

नारायणी सामुदायिक अस्पतालका मुटुरोग विशेषज्ञ डा.सुधीर रेग्मीले छाती दुख्नु, रिंगटा लाग्नु, बेहोस् हुनु जस्ता मुटुरोगका लक्षण भएको बताए । छाती दुख्यो भनेर आउनेको मोटोपन, तनाव, पेसा आदि बुझेर मुटुरोगको शङ्का लागेमा थप परीक्षण गरिने जनाउँदै उनले भने, “मुटुरोगको शङ्का लागेमा तुरुन्त चिकित्सकको परामर्श लिनुपर्छ ।”

मुटुरोगको आशङ्कामा आउने बिरामीलाई गरिने उपचार पद्दतिका बारेमा बताउँदै उहाँले मुटु रोगको आशङ्का लागेमा हेलचक्र्याइ गर्न नहुने बताए ।

मुटुरोग जन्मजात पनि हुने भन्दै उनले ४० वर्षपछि मुटुरोग हुने जोखिम बढ्दै जाने बताए । सरकारले मुटुरोगका बिरामीलाई गर्ने सहयोग अपुग भएको भन्दै उपचारमा निःशुल्क गर्नुपर्ने बताए ।

उनले भने, “कम्तीमा मुटु रोगको आकस्मिक बिरामीलाई चाहिने औषधि र उपकरण निःशुल्क गर्नुपर्छ ।”

कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ डा मनोज श्रेष्ठले वंशाणुगत बाहेक मुटुरोगबाट बच्न सकिने बताए । उनले नेपालमा खानपान मुख्य समस्या रहेको भन्दै रातो मासु, चिल्लोयुक्त खाना, तेलमा भुटेको तारेका तयारी खाना खान नहुने बताए ।

उनले भने “खानामा फलफुलु र तरकारीको मात्रा बढाउनु पर्छ ।” शारीरिक व्यायाम गर्न सुझाव दिँदै उहाँले हप्तामा पाँचदेखि छ दिन २० देखि ३० मिनेट हिँड्न सुझाव दिए । उनले भने, “दश मिनेट जति दौडिँदा मुटुलाई धेरै राम्रो हुन्छ ।” उचाइका आधारमा तौल हुनुपर्ने भन्दै उहाँले धूमपान र मध्यपानबाट बच्नुपर्ने बताए ।

जिल्लामा मुटुरोग उपचारका लागि अत्याधुनिक उपकरणसहितका क्याथल्याब सञ्चालनमा छन् । यससँगै मुटुको शल्यक्रिया गरेर यही उपचार हुँदै आएको छ ।

उपस्थित चिकित्सकले मोफसलमा रहेर मुटुको राम्रो उपचार गर्न सकेकोमा खुसी व्यक्त गरे । -रासस

Chitwan Aaja चितवन आज
बुधबार, असोज १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा
पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा
इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

ताजा समाचार

सबै

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ: महामन्त्री थापा

इजी खोज विजनेस ग्रुप नारायणीद्वारा श्रीकृष्ण लम्सालाई बधाई

एकैदिन १५ हजार दर्शकद्वारा गैँडाकोट महोत्सव अवलोकन

चितवन कारागारबाट भागेका एक सय १६ कैदीबन्दी फर्कन बाँकी

त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

भारतको हिमाचलमा ग्यास सिलिन्डर विस्फोट हुँदा एकै गाउँका ९ नेपालीको मृत्यु

भरतपुरस्थित होटल सिविसीको व्यवस्थापनको जिम्मा अब भारतीय लड्र्सलाई

सुनको मूल्य तोलामा २ लाख ७६ हजार ५०० रुपैयाँ कायम ,चाँदीमा पनि कीर्तिमान

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

जाडोमा मोजा लगाएर सुत्नु ठिक हो कि होइन ?

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि बस्दै

गैँडाकोट महोत्सव: ५० हजार दर्शकद्वारा अवलोकन

विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ पौष २५ गते शुक्रवारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • ३.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ४.
    चितवन २ मा रवि लामिछानेसँग भिड्न एमाले नेता राम कार्की तयार

  • ५.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ६.
    नवलपुरमा बसभित्रै डिजिटल प्रविधि तालिम, २० जना युवाको सहभागिता

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.