चितवन, असोज १०-
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सोमबार आफ्नो नयाँ घरमा सरेका छन्।
भरतपुर महानगरपालिका वडा नम्बर-१४ स्थित शिवनगरमा रहेको प्रचण्ड टोलमा बनेको नयाँ घरमा प्रचण्ड पत्नी सीता दाहालसहित सरेका हुन्।
प्रतिनिधि सभाको चुनाव नजिकिँदै गर्दा प्रचण्ड निर्वाचन क्षेत्रमै बनेको नयाँ घरमा सरेका हुन् । प्रचण्ड काठमाडौंमा भने भाडाको घरमा बस्ने गरेका छन् ।
उनलाई त्यहाँका स्थानीय बासिन्दाहरुले स्वागत गरेका छन् ।









