चितवन, असोज ६-
नारायणगढमा व्यवसायीहरुलाई घरधनीले सलामी माग्दै हतोत्साही गरिएको भन्दै नेपाल घरबहाल उपभोक्ता मञ्चले विरोध गरेको छ ।
मञ्चले आज बिहिबार विज्ञप्ति जारी गर्दै व्यवसायी सुनिलकुमार श्रेष्ठलाई उनको घरधनी कैलाश श्रेष्ठ र बद्रीलाल श्रेष्ठले सलामी बापत ठूलो रकम मागेको भन्दै मञ्चले विरोध जनाएको हो ।
श्रेष्ठले नारायणगढको शहिदचोकमा व्यवसाय गर्दै आएका छन् ।
‘आमनागरिकको सुरक्षित व्यवसाय र बसोबासको सुनिश्चिताको अधिकारको प्रवाह नगरी बिजुली बत्ती काटी व्यवसायमा बाधा पु¥याउने घरधनीलाई काम निन्दनीय छ । शान्ति, सुशासन र भयरहित वातावरणमा आफ्नो लगानीसहितको व्यवसाय सञ्चालन गर्न पाउने अधिकारलाई कुण्ठित गराई कुनै पनि दबाबमूलक क्रियाकलापहरु भएको खण्डमा थप संघर्षमा उत्रन बाध्य हुने मञ्चले जनाएको छ ।’ विज्ञप्तीमा उल्लेख छ ।
यस्तै, ‘व्यवसाय स्थल प्राप्तिकै लागि धरौटी र सलामी बापत मोटो रकम दिने र सञ्चालनमा रहेको व्यवसायलाई आफू र आफ्नो व्यवसाय स्थापित गर्न खोज्नु गैरकानुनी क्रियाकलाप रहेकाले यस्ता कार्यहरुमा संलग्न नहुन आम व्यवसायी तथा सदस्यहरुलाई विज्ञप्तिमार्फत् अनुरोध गर्दछौं ।’विज्ञप्तिमा भनिएको छ ।








