हेटौंडा, असोज ६-
मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको गाउँपालिकका उपाध्यक्ष सञ्जिव श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ५ जनाको शव दुर्घटनास्थलमा नै छ र केही बसभित्र थिचिएको आशंका छ ।
घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ । दुर्घटनास्थलमा अहिले पनि उद्धारकार्य चलिरहेको छ ।