चितवन, असोज ६-
आज विश्व गैँडा दिवस, विश्वभरि नै विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
गैँडा संरक्षणको लागि भन्दै प्रकृतिको लागि विश्वव्यापी कोष डब्ल्यूडब्ल्यू एफले सन् २०१० देखि सेम्टेम्बर २२ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो ।
विश्वमा पाँच थरीका गैँडा भए पनि नेपालमा भने एक सिङ्गे गैँडा मात्रै पाइन्छ ।
सन् २०१३ मा गरिएको गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैँडा छन् । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैँडा छन् ।








