चितवन, असोज ५-
संस्थागत विद्यालय(बोर्डिङ स्कुल)को शुल्क २० प्रतिशत बढाउने गरेको निर्णयप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले आपत्ति जनाएको छ ।
बोर्डिङ स्कुलहरुले असोज १ गतेदेखि विद्यार्थीसँग २० प्रतिशत बढी शुल्क लिन पाउने गरी भरतपुर महानगरले निर्णय गरेपछि अनेरास्ववियुले एक विज्ञप्ती प्रकाशित गर्दै सो निर्णयको विरोध जनाएको हो ।
शिक्षालाई व्यवसायिकरण गर्दै शैक्षिक माफियाहरुको सल्लाहमा एकतर्फी रुपमा जनता तथा विद्यार्थीहरूको ढाड सेक्ने गरी शुल्क वृद्धि गरिएको निर्णयप्रति अनेरास्ववियु घोर निन्दा एवं भत्र्सना गर्दछ विज्ञप्तीमा भनिएको छ ।
अखिल नेपाल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु चितवन जिल्ला संयोजक अमितकुमार गुप्ताद्धारा हस्ताक्षरित विज्ञप्तीमा ‘अभिभावक र विद्यार्थीको हित विपरित रहेको निर्णयलाई विना सर्त तत्काल फिर्ता लिन आग्रह गर्दै अनेरास्ववियुको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जस्तोसुकै संर्घषमा उत्रन सक्ने चेतावनी दिइएको छ ।’ भनिएको छ ।