काठमाडौं, असोज ३-
चार्डपर्व नजिककिएसँगै पार्लर धाउनेहरुको संख्या बढ्दो छ । आफ्नो व्यस्त समयबाट अलिकति समय निकालेर भएपनि पार्लर जाने समय मिलाउँछन् महिला तथा युवतीहरु । अझ विभिन्न प्रकारका फेसियल र फेसप्याकहरु महिला तथा युवतीको रोजाइमा पर्छन् । जुन महंगो त हुन्छन् नै, यसको प्रयोगले कतिपय अवस्थामा अनुहार र छालालाई नै असर समेत गर्दछ । तर, केही फेस प्याकहरु छन् । जसलाई हामीले सजिलै घरमा बनाउन सक्छौ । जसको प्रयोगले तपाइँको छालामा कुनै असर नगरीकनै सुन्दर बनाउन मद्दत गर्छ ।
चिल्लो छालाको लागी फेस प्याक बनाउने सामाग्री र विघि
फेस प्याक तयार गर्दा अण्डाको सेतो भाग, अमिलो रस भएको फलफुल जस्तै कागती, पाकेको मेवाको गुदि, तुलसीको पात, निम, धनियाको पात, मुलाको रस, ध्यु कुमारी, पुदिना, बेसार, बेसन र काँचो दुधमध्ये घरमा उपलब्ध जुनसुकै वस्तुलाई एक आपसमा मिश्रण गरी प्रयोग गर्न सकिन्छ ।
सुख्खा छालाको लागि फेस प्याक
सुख्खा छालाको लागी फेस प्याकको प्रयोग गर्दा छालालाई मोस्चराईजर दिने खालको पदार्थहरुको प्रयोग गरिन्छ ।
जसमा मह, गुलियो फल, चन्दनको धुलो, अण्डाको पहेंलो भाग, मख्खन, ओलिभ अयल संवेदनशिल छालाको लागि संम्बेदनशिल छालाको लागि घिउ कुमारी, चन्दन, काँक्रो र गुलियो रस भएको फलको फेस प्याक प्रयोग गर्न सकिन्छ ।
मिश्रित छालाको लागि
मिश्रित छालाको लागि टमाटर, दहि, बेसन, चन्दन जस्ता पदार्थबाट बनाइएको फेस प्याक लगाउँदा राम्रो हुन्छ ।
फेस प्याक वा मास्क जहिले पनि १५ देखी २० मिनेट वा बढीमा ३० मिनेट मात्रै राख्नुपर्छ । छालाको प्रकार (सुख्खा वा चिल्लो)पहिचान गरी सोही अनुसारको फेसप्याक प्रयोग गर्नुपर्छ । फेसप्याक लगाउँदा सबैभन्दा महत्वपूर्ण कुरा उमेरको ख्याल गर्नुपर्दछ ।