चितवन,भदौ ३१-
मुग्लिन पुलबाट हाम फालेर एक युवा त्रिशुली नदीमा वेपत्ता भएका छन् ।
आज साँझ ५ः३० बजेको समयमा एक युवाले पुलबाट हाम फालेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
बागमती प्रदेश ०२–०३१ प ५२५४ नम्बरको मोटरसाइकलमा आएका युवाले झोला मोटरसाइकल माथि राखेर पुलबाट हाम फालेका हुन् । झोलामा फेला परेको लाइसेन्सका आधारमा युवा दोलखा जिल्ला गैरीमुदी – ९ का निराजन घिमिरे रहेको प्रहरीले जनाएको छ । वेपत्ता युवाको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।








