चितवन, भदौ ३०-
चितवन नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी चितवनले जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
४१ जना प्रतिस्पर्धी विद्यार्थी सहभागी कार्यक्रममा मोहन माध्यामिक विद्यालयकी मिना घती प्रथम भएकी छन् ।
प्रतियोगितामा नारायणी नमुना माविका अविरभ आचार्य द्वितीय, भानु माविका सुजिता भुजेल तृतीय भएका छन् भने सान्त्वना पुरस्कार सप्तगण्डकी बहुमुखी क्याम्पसका अर्जुन अर्यालले प्राप्त गरे ।
विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष शिलु न्यौपाने, क्रान्तिकारी माओवादीका सेक्रेटरी बाबुराम प्यासी, क्रान्तिकारी पत्रकार महासंघ केन्द्रीय सदस्य प्रेम प्रसाद कडेल, अखिल क्रान्तिकारीका अमित सापकोटा सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल लगायतलले आफ्ना भनाइ राखेका थिए ।
प्रतियोगिताको निर्णायकमा उपप्राध्यापक भूपिन खड्का, प्रभा मरहठ्ठा र गंगा भट्टराई रहेका थिए ।
कार्यक्रम अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनको चितवन जिल्ला संयोजक विकास रसाईलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।








