Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, फागुन ३०, २०८२
☰
Logo शनिबार, फागुन ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३. सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४. चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६. मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

  • ७. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ८. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ९. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • १०. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

जापानिज इन्सेफ्लाइटिसको महामारीसँगै चितवनमा उच्च सावधानी

चितवन, भदौ २७-
जिल्लामा जापानिज इन्सेफ्लाइटिसको महामारी फैलिएपछि पालिका तहमा जनचेतना जगाउन थालिएको छ ।

जोखिम बढ्न नदिन विशेषज्ञ सावधानी अपनाइएको छ ।

हालसम्म नौ जनामा जापानिज इन्सिेफ्लाइटिसको सङ्क्रमण पुष्टि भइसकेको छ । बाइस शङ्कास्पद बिरामीको नमूना परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँका अनुसार जिल्लाको द्रुत प्रतिकार्य टोली (¥यापिड रेस्पोन्स टिम) लाई सक्रिय बनाइएको छ । स्वास्थ्य कार्यालयका प्रमुखको संयोजकत्वमा हुने यो टोलीमा भरतपुर अस्पताल, दुई मेडिकल कलेज, निजी अस्पताल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि सदस्य हुने गर्दछन् ।

टोलीले जिल्लाका सबै पालिका र स्वास्थ्य कार्यालयमा महामारीमा आवश्यक पर्ने औषधिको मौज्दात ९बफर स्टक० गर्ने निर्णय गरेर काम अघि बढाएको छ ।

स्थानीय सातै तहमा रहेका द्रुत प्रतिकार्य टोलीलाई सक्रिय बनाइएको छ । कुनै पनि रोगको अप्रत्यासित वृद्धि भएको पाइएमा स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई परिचालन गर्ने गरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

सो टोलीले थप आवश्यक परेमा जिल्लाको टोलीसँग समन्वय गरेर आवश्यक सहयोग लिने गरी व्यवस्था मिलाइएको छ ।

जिल्लाको टोलीले मुख्य अस्पताल र स्थानीय तहका अस्पताललाई जापानिज इन्सेफ्लाइटिससहित महामारीजन्य रोगको शङ्का देखिएमा दैनिक रिपोर्टिङ गर्ने व्यवस्था मिलाइएको छ । चापागार्इँका अनुसार विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकसँग बसेर छलफल र तयारी गरिएको छ ।

उनीहरुसँगको छलफलमा कस्ता बिरामी निगरानीमा राख्ने भन्ने विषयमा पनि छलफल भएको छ । पालिकामा रहेका जापानिज इन्सेफ्लाइटिसका बिरामीको अवस्थाको बारेमा निरन्तर अनुगमन गर्न भनिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका चिकित्सकले ती बिरामी र आफन्तलाई भेट गरी निरन्तररुपमा अवस्था बुझ्ने काम गरिरहेका छन् ।

जिल्लाको टोलीले मुख्य मुख्य अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट, मेडिकल विभाग प्रमुख, अस्पताल निर्देशकसँग छलफल गरेर प्राविधिक पक्षको जानकारी र तयारीका विषयमा छलफल गरेको छ ।

पालिकाका स्वास्थ्य शाखा प्रमुखसँग जिल्लाको टोलीले छलफल गरेर तयार रहन भनिएको छ । रोग फैलिन नदिन अपनाउनुपर्ने सावधानीका बारेमा पालिकाले काम गरिरहेको उनी बताउँछन् । जिल्लाका पाँच पालिकामा एकै पटक नौ जनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिकाका चार, माडी नगरपालिकाका दुई, राप्ती, रत्ननगर र कालिका नगरपालिकाका एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको छ । गत साउन २० गते पहिलोपटक भरतपुर र माडीमा सङ्क्रमण पुष्टि भएको थियो ।

गत साता एकै पटक सात जना थपिएपछि महामारीको अवस्था सिर्जना भएको हो । सङ्क्रमितमध्ये पाँच महिला र चार जना पुरुष रहेका छन् । उनीहरु २९ देखि ७५ वर्ष उमेर समूहका रहेका छन् ।

निश्चित समय र भूगोलमा अनपेक्षितरुपमा अनुमानभन्दा बढी जापानिज इन्सेफ्लाइटिस सङ्क्रमित देखिएमा त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले महामारीको परिभाषामा राखेको चापागाईँले बताए ।

जिल्लामा नौ जनामा प्रमाणित भएपछि समुदायमा दुई हजार सात सयमा सङ्क्रमण रहेको छ भन्ने अनुमान गर्न सकिने उनको भनाइ छ ।

जापानिज इन्सेफ्लाइटिस सन् १९७८ मा नेपालको रुपन्देही जिल्लामा पहिलोपटक देखा परेको थियो । जिल्लामा शङ्कास्पद बिरामीको स्क्रिनिङ गरी नमूना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइने गरिएको उनको भनाइ छ ।

चितवनमा सन् २०१८ मा एक जना, २०२० मा एक जना, २०२१ मा एक र हाल नौ जनामा यो रोगको सङ्क्रमण देखिएको थियो ।

बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, वान्ता हुने, बेहोस हुने, शरीर काम्ने, घाँटी अररो हुने जापानिज इन्सेफ्लाइटिसका लक्षण हुन् । जापानिज इन्सेफ्लाइटिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने कीटजन्य सरुवा रोग हो ।

यो लामखुट्टेले घोडा, सँुगुर, बङ्गुर, हाँसजस्ता पशुपन्छीलाई टोकेपछि मानिसलाई टोक्यो भने सर्दछ तर मानिसबाट मानिसमा भने यो रोग सर्दैन ।

जापानिज इन्सेफ्लाइटिसबाट बच्नका लागि लामुखट्टको टोकाइबाट बच्ने र लामखुट्टे नियन्त्रण गर्ने उद्देश्य उपाय हो ।

त्यसैगरी बालबालिकालाई यो रोगविरुद्ध खोप लगाउने, सँगुर, बङ्गुर, हाँस, घोडाजस्ता घरपालुवा जनावर व्यवस्थित ढङ्गले पाल्ने, पशुपन्छीको खोर घरभन्दा टाढा राख्ने र सम्भव भएसम्म घरको झ्याल ढोकामा मसिनोजाली हाल्ने गर्नुपर्छ ।

जापानिज इन्सेफ्लाइटिस सङ्क्रमण भएका ३३ प्रतिशतको मृत्यु हुने, ३३ प्रतिशत अपाङ्ग हुने र ३३ प्रतिशत निको हुने चिकित्सकको भनाइ छ । -रासस

Chitwan Aaja चितवन आज
सोमबार, भदौ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन
वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ
खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

ताजा समाचार

सबै

बलात्कारपछि हत्या गरिएकी इनिशाको न्यायका लागि सर्लाहीमा प्रदर्शन

वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ

खाना पकाउने ग्यास र इन्धनको कृत्रिम अभाव, मूल्य बढाउने माथि निगरानी

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ

मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, सबै ६ चालक दलका सदस्यको मृत्यु

बालेनलाई मधेस प्रदेशका मुख्यमन्त्रीको आग्रह:भाषणमा भनेका कुरा पूरा गर्नुहोला

माडी नगरपालिकाद्वारा भूमि बर्गीकरण

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

योगेशको अभिव्यक्तिमा शंकरको आशंकाः अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

बजारमा ग्यास अभाव, आयात भने नियमित

कुर्था-जनकपुर-जयनगर रेल्वे, अहिले बन्ला पूर्व–पश्चिम विद्युतीय रेल मार्ग (तस्बिरहरु)

रास्वपा सचिवालय बैठक आज

श्री शिरडी साईबाबा मन्दिर नारायणपुरले मनायो वार्षिकोत्सव

ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

मध्यपूर्वी क्षेत्रमा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • ३.
    सर्लाहीमा अमरेशका समर्थकद्वारा कांग्रेस नेतामाथि आक्रमण

  • ४.
    चितवनको कालिकामा अटो दुर्घटनाः चालकसहित ४ जनाको मृत्यु, १ जना घाइते

  • ५.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ६.
    मध्यपूर्व युद्धः तनाव र आक्रमण बढ्दै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.