चितवन, भदौ २५-
चितवनमा आज (शनिबार) ४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो चौबिस घण्टामा २ जनामा कोरोना भाईरस संक्रमण पुष्टी हुँदा ४ जना संक्रमणमुक्त भएका हुन् ।
चितवनमा सक्रिय संक्रमितको संख्या १४ पुगेको छ । सबै जना होम आईसोलेसनमा छन् ।
यो संगै चितवनमा कोरोना संक्रमितको संख्या ३४ हजार १४ पुगेको छ ।








