Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, असोज २८, २०८२
☰
Logo मङ्गलबार, असोज २८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. देशका विभिन्न राजमार्ग र सडक खण्डमा अझै यातायात अवरुद्ध, सडक खुलाउने कार्य उच्च प्रथामिकतामा

  • ९. असोज १७ पछिको विपद्मा परेर मृत्यु हुने ५३ जना

  • १०. प्रदेश सरकारले बाढी र पहिरोमा भत्किएका घर निर्माण गरिदिने

‘कतै तपाईँको घर वरपर पानी जम्ने ठाउँ र खाल्डाखुल्डी त छैन ?’

काठमाडौं , भदौ २० –

तपाईँको घर वरिपरि पानी जम्ने ठाउँ तथा खाल्डाखुल्डी छन् भने तुरुन्तै त्यसलाई पुरिहाल्नोस् । नत्र अहिले काठमाडौं उपत्यकासँगै देशभरि फैलिरहेको डेङ्गुरोगले तपाईँ पनि सङ्क्रमित हुनु हुनेछ । समयमा नै घर वरिपरि सफासुग्धर राख्यौँ भने डेङ्गु रोगबाट बच्न सकिन्छ ।

साँझ-बिहानको समयमा सक्रिय हुने मौसममा सफा र जमेको पानीमा बस्न ‘एडिज एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट अहिले दैनिक सयौं मानिस डेङ्गुको रोगबाट ग्रसित भएका छन् । पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा बयस्क भएपछि टोकेर डेँगु रोग लाग्दछ । चिकित्सकले पानी ट्याङ्की, गाडीको डायर, वातावरण अनुकूल (एसि), गमला जस्तामा पानी जम्ने दिन नहुने र घर नजिकको खाल्डाखुल्डी पनि पुर्न आग्रह गरेका छन् । एसिबाट निस्केको पानीमा लामखुट्टेले फुल पार्ने गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सञ्जयकुमार ठाकुरले घर वरिपरि पानी जम्ने संरचना हटाउनुपर्ने बताए । “अव्यवस्थित सहरीकरणले गर्दा घर वरपर खाल्डाखुल्डी तथा पानी जम्ने ठाउँ रहेका हुन्छन्” उनले भने, “ती ठाउँबाट नै डेँगु रोग सार्ने जातको लामखुट्टेको विकास हुने गर्दछ ।” उनले डेँगु रोगको रोकथाम तथा नियन्त्रण सरकारले भन्दा पनि व्यक्तिगत रुपमा लाग्नुपर्ने बताए । व्यक्तिगत रुपमा आ-आफ्नो घरमा सरसफाइ गरेर पानी जम्न नदिने र घर वा बाहिर बस्दा शरिर पूरा ढाकिएको कपडा लगाउनुपर्ने उनको सुझाव छ । निजामती कर्मचारी अस्पतालले डेङ्गुबाट बच्नका लागि सबै शय्यामा रहेका बिरामीलाई झुल प्रयोग गर्न निर्देशन दिएको छ । उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदि डेङ्गुका लक्षण हुन् । डेङ्गु ज्वरो सञ्चो हुने बेलामा शरीरमा राता दाग पनि देखा पर्छन् ।

गम्भीर प्रकृतिको डेङ्गु सङ्क्रमण भएका बिरामीमा थकान महसुस हुने, गिजाबाट रगत बग्ने, पेट असाध्यै दुख्ने, बारम्बार बान्ता हुने, श्वास फेर्न गाहे हुने, पेट खुट्टा सुनिने जस्ता लक्षण देखा पर्छन् । यस्ता लक्षण देखिएका बिरामीलाई भने तत्काल अस्पताल भर्ना गराउनुपर्छ । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले पछिल्ला केही दिन सङ्ख्यात्मक हिसाबले डेङ्गुका बिरामी बढेकाले जनचेतना जगाउनुपर्ने बताए । उनले बिरामी बढेसँगै उपत्यकाका सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिइसकेको जानकारी गराए । “हामीले सबै अस्पताललाई बिरामीको उपचार गर्नका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छौँ” उनले भने, “काठमाडौं र ललितपुर महानगरलाई पनि वडादेखि नै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न भनेका छौँ ।

दुवै महानगरले पनि लामखुट्टेबाट बच्नका लागि वडा तहमा जनचेतनामूलक कार्यक्रमको साथै लामखुट्टेको लार्भालाई खोजेर मार्ने अभियान सञ्चालन गरेका छन् । वडा कार्यालयले लामखुट्टेबाट बच्नका लागि माइकिङ, पर्चा पम्पलेट समेत वितरण गरिरहेका छन् । महाशाखाका निर्देशक डा दासले डेङ्गुको परीक्षणका लागि सबै अस्पताललाई कीट उपलब्ध गराएको समेत बताए । उनका अनुसार देशभरिका ६० जिल्लाका १३९ स्थानीय तहमा डेङ्गु रोकथाम र नियन्त्रण गर्न लार्भा नियन्त्रण र जनचेतना जगाउनका लागि बजेट विनियोजन गरिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कल्सन्टेन्ट फिजिसियन डा विमल चालिसेले अस्पतालमा आउने सबै डेङ्गुका बिरामी रहेको बताए । “यतिबेला बहिरंग र आकस्मिकमा उत्तिकै भीड रहेका छन्,” उनले भने, “हामीले अस्पताल आएका बिरामीलाई उपचार गरेर पठाउने गरेका छौँ ।” उनका अनुसार धेरैजसो बिरामीमा धेरै ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खाना मन नलाग्ने, पेट दुख्ने बान्ता हुने, पखाला लाग्ने जस्ता लक्षण देखिएको छ । अस्पतालका सूचना अधिकारी नवराज गौतम दैनिक १५० देखि १७० बिरामी उपचार गर्न आइरहेका छन् । आकस्मिक सेवामा सबै शैय्या बिरामीले भरिएका छन् । आकस्मिक सेवामा २२ शैय्या रहेका छन् । उनका अनुसार अहिले ३१ जनाको भर्ना गरेर अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालमा डेङ्गु क्लिनिक

अस्पतालले डेङ्गुको बिरामीको उपचार गर्नका लागि छुट्टै क्लिनिक सञ्चालन गरेको छ । अस्पताल परिसरमा गत हप्ताबाट छुट्टै डेङ्गुका बिरामीको उपचार गर्नका लागि क्लिनिक सञ्चालन गरिएको सूचना अधिकारी गौतमले जानकारी दिए । क्लिनिकमा उपचार गर्न आएकामध्ये ८० प्रतिशतमा डेङ्गुका बिरामी देखिएका उनको भनाइ छ । तीमध्ये पाँच प्रतिशत मात्र भर्ना गरेर उपचार गर्न खालका बिरामी रहेको उनले बताए । अस्पतालमा ७० शैय्या र २४ सधन उपचार कक्ष ९आइसियु० रहेको छ ।

डेङ्गुबाट बच्न उपायहरू के हुन् त ?

एकैठाउँ जमेर रहेको सङ्लो पानीमा डेङ्गु सार्ने लामखुट्टेले अन्डा पार्ने गर्छ । त्यसैले धेरै समय बाहिर खुला रुपमा पानी राख्न हुँदैन । डेङ्गुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । साँझ-बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ । घरमा जाली ढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझ-बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नु पर्दछ ।

वीर अस्पतालका उपनिर्देशक डा प्रज्ज्वल श्रेष्ठले पनि अस्पतालमा डेङ्गु रोगका बिरामी बढिरहेको जानकारी दिए । उनका अनुसार दैनिक दर्जनौँको सङ्ख्यामा डेङ्गुका बिरामी उपचार गर्न अस्पताल आइरहेका छन् । उनले डेंगु रोगबाट बच्नका लागि सबैभन्दा पहिले आफैँ सचेत हुनुपर्ने बताए । अस्पतालमा अहिले पनि २९ जना बिरामीको उपचार भइरहेको उनले बताए । विगत २४ घण्टामा ३६ जनामा डेङ्गु देखिएको उनको भनाइ रहेको छ ।

लार्भा खोज र नष्ट गर अभियान सञ्चालन

पछिल्लो समय लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेँगुका बिरामी बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले ‘लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गरेको छ । यो अभियान अहिले कामपाको ३२ वडाबाट सञ्चालन भइरहेको महानगरका जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिए । महानगरले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदैलो अभियान चलाएको हो ।

पाँच दिनमा दुई हजार सङ्ख्या बिरामी

स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार पाँच दिनमा दुई हजार २०२ जनामा डेङ्गुका बिरामी थपिएका छन् । गत भदौ १४ गते दुई हजार ८२७ जनामा डेङ्गुका बिरामी भेटिएकामा भदौ १९ गते पाँच हजार २९ जनामा भेटिएका छन् ।

सेप्टेम्बर महिनामा मात्र तीन हजार ७०८ जना डेङ्गुका बिरामी फेला परेका छन् । नेपालमा अहिले मुख्य काठमाडौं, ललितपुर, मकवानपुर र रुपन्देही जिल्लामा सबैभन्दा बढी डेँगुका बिरामी पाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका भेक्टर कन्ट्रोल निरीक्षक उत्तमराज प्याकुरेलका अनुसार सबैभन्दा बढी ललितपुरमा एक हजार ८३२ जना बिरामी रहेका छन् । यस्तै काठमाडौंमा ८८८ जना, मकवानपुरमा ५९८ जना र रुपन्देहीमा ४३९ जना डेङ्गुका बिरामी भेटिएका छन् । गत भदौ १४ गते ललितपुरमा एक हजार ५६, रुपन्देहीमा ३७७ र काठमाडौँमा ३३२ जना डेँगुका बिरामी भेटिएका थिए ।

महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा यही बिहीबारदेखि हिजो ९आइतबार०सम्म मात्र ललितपुरमा १७४ जना, काठमाडौंमा १२४ जना र मकवानपुरमा ४० जना बिरामी भेटिएका छन् । असार १५ गतेदेखि सबैभन्दा बढी डेङ्गुका बिरामी देखिएका हुन् । असार १५ देखि यतामात्र चार हजार ९५७ बिरामी भेटिएका छन् । यो सङ्ख्या भनेको कुल बिरामीको ९८ प्रतिशत हो । प्रदेशगत हिसाबले हेर्दा प्रदेश नं। १ मा २२१ जना, मधेश प्रदेशमा ७९ जना, वागमती प्रदेशमा तीन हजार ७२७ जना, गण्डकी प्रदेशमा १०१ जना, लुम्बिनी प्रदेशमा ७७० जना, कर्णाली प्रदेशमा ३६ जना र सुदूरपश्चिम प्रदेशमा ९५ जनामा डेँगुका बिरामी रहेका छन् ।

बढी डेँगुका बिरामी १० जिल्लामा

डेँगुका बिरामी सबैभन्दा बढी १० जिल्लामा रहेका छन् । ती १० जिल्लामा मात्र कुल बिरामीको ८४ प्रतिशत डेङ्गुका बिरामी रहेका छन् । ललितपुरमा एक हजार ८३२, रुपन्देहीमा ४३९ जना, काठमाडौंमा ८८८ जना, मकवानपुर ५९८, धादिङमा १११ जना, भक्तपुरमा ९९ जना, तेह्रथुममा ८८ जना, सिन्धुली ६६ जना, गुल्मीमा ५९ र सङ्खुवासभा ५७ जना बिरामी भेटिएका छन् । यी दश जिल्लामा मात्र चार हजार २३७ बिरामी रहेका छन् । नेपालमा यसअघि सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यतिबेला सबैभन्दा बढी सुनसरीमा तीन हजार ४३१ जना, चितवन तीन हजार ४०२ जना, कास्की दुई हजार ८२४ जना, काठमाडौँ एक हजार ५८९ जना, ललितपुरमा ५९६ जना र झापामा ५२५ जनामा देखिएको थियो र छ जना डेङ्गुका कारणले ज्यान गएको थियो ।

नेपालमा पहिलोपटक सन २००४ मा एक जनामा डेङ्गु देखिएको थियो । सन् २००५ मा भने डेङ्गुका बिरामी देखिएनन् । त्यसपछि सन् २००६ देखि डेङ्गुको सङ्क्रमण देखिँदै आएको छ । सन् २००६ मा ३२ जना, सन् २०१० मा ९१७ जना, सन् २०१३ मा ६८६ जना, सन् २०१६ मा एक हजार ५२७ जना, सन् २०१७ मा दुई हजार १११ जना, सन् २०१८ मा ८११ जना र सन् २०१९ मा डेङ्गु बढेको पाइन्छ । तीमध्ये सबैभन्दा बढी सन् २०१९ मा १७ हजार ९९२ जनामा डेँगुका बिरामी देखिएका थिए । त्यसपछि कोरोना भाइरसका कारणले नेपालमा डेङ्गुको सङ्क्रमण कम देखिएको छ । सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेङ्गुका बिरामी देखिएका थिए ।
तराई-मधेसमा बढी देखिने डेङ्गु सन् २०१८ पछि भने पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखा पर्न थालेको हो । उपत्यकामा लामखुट्टे बढेको र डेङ्गुका बिरामी पनि उपत्यका प्रवेश गरेका र ती बिरामीबाट अन्य मानिसलाई लामखुट्टेले रोग सार्ने गरेकाले उपत्यकामा डेङ्गुका बिरामी बढी देखिएका हुन् । रासस

Chitwan Aaja चितवन आज
सोमबार, भदौ २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत
दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो
तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

ताजा समाचार

सबै

कात्तिक ६ गते ११ः३९ बजे भाइटीकाको उत्तम साइत

दुई महिनामा साढे तीन खर्ब रेमिट्यान्स भित्रियो

तीन महिनापछि चितवन मिल्क उद्योगमा दूध प्रशोधन

विपिनको सन् २०२३ को अन्त्यतिरै हत्या भएको पुष्टि

एमाले केन्द्रीय कमिटी बैठक भोलि

कडा रोग लागेका बीमितका लागि पुनः ‘रिफर’ आवश्यक नपर्ने

भदौ २४ नेपाली इतिहासकै एउटा डरलाग्दो दिनः देउवा

देउवाको सम्बोधन सकिएलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस

भाइटीकाको उत्तम साइत कात्तिक ६ गते बिहीबार बिहान ११ः३९ बजे

तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा युवाको मृत्यु

‘म नै राज्य हुँ’ जस्तो गर्नेमाथि ‘मौलिक उपचार’ हुन्छ : गृहमन्त्री अर्याल

नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

सुनको मूल्य साढे दुई लाख नजिक पुग्यो

अलमलमा विप्लव: माओवादीसँग एकता कि निर्वाचन आयोगमा दल दर्ता

राष्ट्र बैंकले तीन अर्ब ३० करोड लगानी गर्ने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech