चितवन, भदौ १९ –
चितवन निर्वाचन क्षेत्र नं. ३ बाट एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको नाम सर्वसम्मत सिफारिस गरेको छ ।
आइतबार बसेको क्षत्रिय समन्वय कमिटीको बैठकले न्यौपानेको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
चितवन ३ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि निर्वाचन क्षेत्र हो । सो क्षेत्रबाट उम्मेद्वार हुन प्रचण्डको नाम सिफारिस भइसकेको छ ।
न्यौपाने पछिल्लो पुस्ताका लोकप्रिय युवा नेता हुन् । विद्यार्थीबाट राजीतिमा प्रवेश गरेका न्यौपानेसँग चितवनको माडी र भरतपुरमा पार्टीको सबै तहमा रहेर काम गरेको अनुभव छ । उनी यसअघि एमाले र माओवादी एकिकरण भएर बनेको नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष समेत भएर काम गरिसकेका छन् ।















