चितवन, भदौ १६ –
भरतपुरका विद्यालयमा बेथिति र विकृति रोक्न माग गर्दै अनेरास्ववियू क्रान्तिकारीले भरतपुर महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।
अनेरास्ववियू क्रान्तिकारीका जिल्ला संयोजक विकास रसाइली सहितको टोलीले आज भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालाई ज्ञापनपत्र बुझाएका हो ।
ज्ञापन पत्रमा भनिएको छ, ‘भरतपुर महानगरपालिका भित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय र विश्वविद्यालय तहका अध्ययन हुने शिक्षण संस्थाहरुमा विभिन्न किसिमका समस्या, बेथिति र विकृती पाइएको, हाम्रो संगठनद्वारा स्थलगत रुपमै अध्ययन गर्दा विभिन्न समस्या देखिएकाले उक्त समस्यालाई स्थानीय सरकार भरतपुर महानगरपालिकाले तत्काल समाधानको पहल गरी यहाँ भएका यस्ता किसिमका शैक्षिक समस्यालाई हल गरी निुशल्क, व्यवहारिक र अनिवार्य शिक्षाको पूर्णरुपमा ग्यारेन्टी गर्न यस ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउँदछौं ।’
समस्या र बेथितिलाई वेवास्ता गरी महानगपालिका अघि बढ्न खोजेमा अनेरास्ववियू क्रान्तिकारी जस्तोसुकै कदम चाल्न बाध्य हुने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापनपत्रमा तत्काल गरिनुपर्ने आवश्यक कामहरु भनेर २३ बुँदे माग राखिएको छ । मागहरु हेर्न तलको ज्ञापन पत्र हेर्नुहोस् ।