काठमाडौं, १६ भदौ –
पहिरो खसेको ९ घण्टापछि नारायणगढ मुग्लिन सडकखण्ड दुईतर्फी खुलेको छ ।
अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको थियो ।
पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
चार वटा जेसीवी प्रयोग गरी पहिरो हटाइएको थियो । २ः२५ बजेको समयमा पहिरो पन्छाइ सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।