चितवन, भदौ १५ –
चितवन क्षेत्र न २ बाट संघीय संसदमा नेपाली कांग्रेस चितवनका सभापति र निवर्तमान सभापति दुबैले उम्मद्वारीका लागि नाम दर्ता गराएका छन् ।
सभापति राजेश्वर खनाल र निवर्तमान सभापति जितनारायण श्रेष्ठले आज उम्मेद्वारीका लागि नाम दर्ता गराएका हुन् ।
आज नेपाली काँग्रेस क्षेत्रीय समितिमा निवेदन पेस गर्दै दुबै नेताले आकांक्षा देखाएका हुन् ।
सुरुमा श्रेष्ठले नाम दर्ता गराएका थिए भने पछि खनालले नाम दर्ता गराए ।
चितवन २ मा प्रत्यक्षतर्फ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, युवा नेता राजन कार्की, प्रकाश अधिकारी, राजन ताम्राकारले पनि आवेदन दर्ता गराएका छन् ।